पुर्ण सरसफाईयुक्त चितवनको लागी अभिमुखिकरण

चितवन, १६ वैशाख । नेपाल सरकारको लक्ष्य अनुसार चितवन जिल्लालाई बर्ष २०७३ सम्म पूर्ण लागी जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पछिल्लो समयमा सरसफाईसँग सम्बन्धित बिभिन्न कार्यक्रमहरुलाई अगाडि बढाइरहेको छ ।
यसै क्रममा नेपाल मैत्री समाजको आयोजना र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सहयोगमा कालिका नगरपालीकाको वडा नं. ५,६,७ र ८ को संयुक्त वडा कार्यालय कालिका नगरपालीका वडा नं. ६ को सभाहलमा आज बिहिबार पुर्ण सरसफाई सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको छ । कार्यक्रममा सहभागीहरुलाई नेपाल मैत्री समाजका अध्यक्ष बिरेन्द्र पौडेलले पुर्ण सरसफाई सम्बन्धि अभिमुखिकरण दिएका थिए ।
सो कार्यक्रममा सहभागीहरुले संयुक्त वडा कार्यालयको वातावरणीय पक्ष र शौचालयको स्थलगल निरिक्षण गरी सरसफाई गर्नुको साथै आफ्नो क्षेत्रलाई पुर्ण सरसफाईयुक्त बनाउनका निमित्त कार्ययोजना निर्माण गरी प्रस्तुत गरेका थिए ।

कालिका नगरपालीकाको वडा नं. ५,६,७ र ८ को संयुक्त वडा कार्यालयका वडा सचिव राजु अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा बिभिन्न महिला समुह तथा यससँग सम्बन्धित संघसंस्थाहरुको सहभागीता रहेको थियो । सहभागीहरुले “पूर्ण सरसफाई चितवन, हाम्रो अभियानः हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ सञ्चालन भइरहेको पुर्ण सरसफाई सम्बन्धि अभिमुखिकरण कार्यक्रमले चितवनलाई जतिसक्दो छिटो पुर्ण सरसफाईयुक्त बनाउन टेवा दिएकोमा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको योगदानबारे चर्चा गर्दै यसको प्रशंसा गरेका थिए ।