पेट्रोल वितरणमा सहजता ल्याउन अनुगमन

चितवन, १६ वैशाख । भारतले नेपाल विरुद्ध लगाएको नाकाबन्दी सहज भएको दुई महिना भन्दा बढी भइसकेको छ । अझै पनि चितवनमा पेट्रोलको सहज आपूर्ति हुन सकेको छैन ।pumpfinal
अन्य जिल्लाहरुमा सबै पेट्रोलियम पदार्थको सहज आपूर्ति भइसक्दा पनि चितवनमा पेट्रोल बाहेर अन्य पेट्रोलियम पदार्थको मात्र आपूर्ति केही सहज देखिएको छ । यद्यपि चितवनमा हालसम्म पनि उपभोक्ताले पर्याप्त मात्रामा पेट्रोल पाउन सकेका छैनन् । चितवनमा पेट्रोलको अभाव देखिएपछि कृत्रिम कालो बजारी भएको आशंकामा स्थानीय प्रशासनले पम्पहरुको अनुगमनलाई समेत तीव्रता दिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको अध्यक्षतामा बिहीबार भरतपुर र रत्ननगरका पेट्रोल पम्पहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा कुनै पनि पेट्रोल पम्पले पेट्रोल नलुकाएका पाइएको छ । चितवनमा माग अनुसारको पेट्रोल आउन नसक्दा अभाव भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए । पर्याप्त मात्रामा पेट्रोल नआउनु तथा उपभोक्ताले घरमा लगेर पेट्रोल मौज्दात राख्ने भएकाले समेत पेट्रोलको अभाव देखिएको सिंहले बताए ।
कृत्रिम अभाव देखाएर पेट्रोलियम पदार्थको अनुगमनलाई कडाई पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त बहादुर कुँवरले बताए । कालोबजारीमा संलग्न कसैलाई पनि प्रहरीले नछोड्ने भन्दै कसैले कसुरु गरेको जानकारी आएमा तुरुन्त कारबाही गरिने कुँवरको भनाइ छ ।
बिहीबार नारायणगढको कैलाश आयल, गोन्द्राङको ॐ गौरीशंकल इन्टरप्राइजेज, रत्ननगरको सारदा आयल, कालिका आयललगायतका पेट्रोल पम्पहरुको अनुगमन गरिएको थियो ।
चितवनमा सामान्य अवस्थामा दैनिक ४५ हजार लिटर पेट्रोल खपत हुँदै आएको चितवन पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष काशीराम पाठकले बताए । दुई तीन दिनमा चितवनमा पेट्रोल आउने गरेको भएपनि एक दिनमा ८० हजार लिटरसम्म पेट्रोल आउने गरेकोले अभाव सिर्जना नहुनुपर्ने पाठकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.