अभियान टिभिको प्रसारण रोकेको विरोध (पुरा विज्ञप्ती यस्तो छ, पढ्नुहोस् )

चितवन, १५ बैशाख ।  चित्रवन युनिक केबल टि.भि.प्रा.लि.र भ्यू केबल टि.भि.प्रा.लि.बाट प्रसारित चितवनको अभियान टेलिभिजनको प्रशारण बन्द भएको छ । यही बैशाख ११ गतेका दिन दिउँसो ३ बजेदेखि भाटभटेनी सुपरमार्केटको शुभारम्भ कार्यक्रमकोे प्रत्यक्ष प्रसारण भइरहँदा टेलिभिजनको प्रशारण बन्द भएको टेलिभिजनले जनाएको छ ।

Press bihgyapti कलश टेलिभिजन प्रा.लि.द्धारा सञ्चालित टेरोस् टेरीयल प्रविधि र केबुल लाइनबाट प्रशारण भएको अभियान टेलिभिजनका प्रवन्ध निर्देशक वेदप्रसाद आचार्यद्धारा जारी विज्ञप्तीमा मनोमानी रुपमा टेलभिजनको प्रशारण अवरुद्द गराएर सो सेवा प्रदायक निकाय चित्रवन युनिक केबलटि.भि.प्रा.लि.र भ्यू केबल टि.भि.प्रा.लि.ले राष्ट्रिय प्रसारण नियमावली २०५२ को छैठौ संशोधन ९२०६९० को बर्खिलाप गरेको उल्लेख छ ।

यसअघि पनि पटक–पटक प्रशारण अवरुद्द गर्ने, प्रसारण भैरहेको स्थानबाट हटाई अन्यत्र सार्ने जस्ता हर्कत गर्दै जनतालाई अभियान टेलिभिजनको सूचना तथा समाचारबाट वञ्चित पार्दै यी केबल प्रसारकहरुले उक्त प्रत्यक्ष प्रसारणको कार्यक्रममा अन्य आफ्ना प्रतिष्पर्धि कम्पनिको विज्ञापन बजाएको भन्दै बन्द गरेको टेलिभिजनले आरोप लगाएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ–“सूचनाको हक सम्बन्धि ऐन २०६४ र नियमावली २०६५मा उल्लेखित संचारको माध्यमबाट स्पष्ट र स्वच्छ रुपमा हर सार्वजनिक निकाय तथा संघ संस्थाका सूचना जनताले निर्वाध रुपमा पाउनु जनताको मौलिक हक भित्र रहनेछ भन्ने स्पष्ट व्यवस्थालाई ठाडो उल्लंघन गरेको भन्दै यथाशीघ्र अभियान टेलिभिजनको प्रसारणलाई नेपाली च्यानलहरुको स्थानमा अग्रताका साथ प्रसारण गर्ने गरि प्रसारण गराउन र प्रसारण नियमावलीले गर्न नपाइने प्रसारणलाई रोक गराई सञ्चार क्षेत्रमा भएको यस्तो हर्कत प्रति टेलिभिजन खेद प्रकट गर्दछ ।

टेलिभिजनले यस्ता कार्यको अनुगमन तथा नियमन गर्न र नियन्त्रणमा ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

पुरा विज्ञप्ती यस्तो छ (पुरा पढ्नुहोस् )

विषय : प्रेस विज्ञप्ति 

यस कलश टेलिभिजन प्रा.लि द्धारा सञ्चालित टेरोस्टेरीयल प्रविधि र केबुल लाइनबाट प्रशारण भएको अभियान टेलिभिजन २०६७÷१०÷१२ देखि निरन्तर रुपमा चित्रवन युनिक केबल टि.भि. प्रा.लि.र भ्यू केबल टि.भि. प्रा.लि.बाट प्रसारित भई जनतामा सूचनाको पहुंच पुगीरहेको सन्दर्भमा यही मिति २०७३ साल बैशाख ११ गते दिनको ३ बजेदेखि भाटभटेनी सुपरमार्केटको शुभारम्भ कार्यव्रmमकोे प्रत्यक्ष प्रसारण भइरहदा विना जानाकारी मनोमानी रुपमा अवरुद्द गराएर उक्त सेवा प्रदायक निकाय चित्रवन युनिक केबल टि.भि. प्रा.लि.र भ्यू केबल टि.भि. प्रा.लि.ले राष्ट्रिय प्रसारण नियमावली २०५२ को छैठौ संशोधन(२०६९) को बर्खिलाप गरेका छन् । यस अघि पनि पटक पटक अवरुद्द गर्ने, प्रसारण भैरहेको स्थानबाट हटाई अन्यत्र सार्ने जस्ता हर्कत गर्दै जनतालाई यस अभियान टेलिभिजनको सूचना तथा समाचारबाट वञ्चित पार्दै यी केबल प्रसारकहरुले उक्त प्रत्यक्ष प्रसारणको कार्यव्रmममा अन्य आफ्ना प्रतिष्पर्धि कम्पनिको विज्ञापन बजाएको भन्दै बन्द गरेका छन् । मन्त्रालयको राजपत्रमा जारी निर्णय अनुरुप २०७२ मंसिर २१ सम्म सबै केबलमा आधारित टेलिभिजनहरु डिजिटलमा जानुपर्ने प्रावधान स्वरुप राष्ट्रिय प्रसारण नियमावलीको अनुसुचि ५(ख) नियम ७ को उपनियम (३) संग सम्बन्धित रहेर अनुमतिमत्र दिदां लाग्ने दस्तुर थप गरि दश लाख पुर्याउनुपर्ने अनि मात्र प्रसारण गर्न योग्य हुने प्रावधानलाई समेत वेवास्ता गरि आफुखुसि प्रसारण गरिरहेका चितवनका टेलिभिजनहरु आभास,बेसो र व्रिmष्टल टेलिभिजन र चितवनमा प्रसारण कार्यक्षेत्र समेत नभएका मुकुन्दसेन र देवचुलि टेलिभिजन समेत एनालगमा मात्र नभएर डिजिटल प्रविधि डोयन टिभिमा प्रसारण गराईरहेका यी केबल टि.भि.प्रसारकहरुले विना इजाजत सड. अन डिमाण्ड र मुभि अन डिमाण्ड नामक कृत्रिम च्यानल समेत प्रसारण गराइरहेका छन् । अझ बढि यी प्रसारकहरुले व्यवसायीहरुलाई भ्रमित बनाएर विज्ञापन (स्व्रmोलिड. तथा दृश्य) समेत संकलन गरि अनधिकृत आर्थिक लाभ लिइरहेको तथ्य पनि श्रीमान् समक्ष जाहेर गर्दछौ । यसरी चितवनका यी दुई केबल टि.भि प्रसारकहरुले सूचना लिने आम उपभोक्तालाई वास्तविक दृश्य छोपिने गरि च्यानल प्रसारण गरिरहेका छन् भने एकाधिकारका नाममा जनतालाई छलिरहेको कुरा स्पष्ट भएको कुरा यीनीहरुले बेला बेला उजुरी परेका बखत त्यस्ता व्रिmयाकलाप अब गर्दैनौ भन्दै बन्द गर्ने र केहि समय पछि पुनः जारी राख्ने गरेकाले पनि स्पष्ट हुन्छ । सूचनाको हक सम्बन्धि ऐन २०६४ र नियमावली २०६५मा उल्लेखित संचारको माध्यमबाट स्पष्ट र स्वच्छ रुपमा हर सार्वजनिक निकाय तथा संघ संस्थाका सूचना जनताले निर्वाध रुपमा पाउनु जनताको मौलिक हक भित्र रहनेछ भन्ने स्पष्ट व्यवश्थालाई ठाडो उल्लंघन गरेकाले यथाशीघ्र अभियान टेलिभिजनको प्रसारणलाई नेपाली च्यानलहरुको स्थानमा अग्रताका साथ प्रसारण गर्ने गरि प्रसारण गराउन र प्रसारण नियमावलीले गर्न नपाइने प्रसारणलाई रोक गराई सञ्चार क्षेत्रमा भएको यस्तो हर्कत प्रति टेलिभिजन खेद प्रकठ गर्दछ । यस्ता कार्यको अनुगमन तथा नियमन गर्न र नियन्त्रणमा ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौ ।

प्रबन्ध निर्देशक
वेद प्रसाद आचार्य

मन्त्रालयको परिपत्र यस्तो छ ।
मन्त्रालयको परिपत्र यस्तो छ ।

Leave a Reply

Your email address will not be published.