पौडि खेल्ने क्रममा नारायणीमा डुबेर बेपत्ता

दयाराम आचार्य
कावासोती बैशाख १५ । नवलपरासीको मध्यविन्दु नगरपालिका २ स्थिति नारायणी नदीमा पौडि खेल्ने क्रममा आज दिउसो एक जना डुवेर बेपत्ता भएका छन ।
साथिहरु संग पौडि खेल्न गएका मध्यविन्दु नगरपालिका २ का ३३ बर्षका दिपक खड्का नन्दपुर घाट नजिक नारायणी नदिमा पौडि खेल्ने क्रममा डुबेर बेपत्ता भएको ईलाका प्रहरी कार्यलय नवलपुर जनाएको छ ।
बेपत्ता भएका खड्काको कोल्हुवा प्रहरी र स्थानियले खोजी गरेपनि फेला नपरेको र भोलि बिहान गोताखोरको सहयोगमा खोजि गर्ने प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published.