तामाङ सञ्चार समुहको भित्तेपात्रो सार्वजनिक

चितवन, १५ बैशाख । तामाङ सञ्चार समुह चितवनले प्रकाशन गरेको २०७३ सालको भित्तेपात्रो एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि पत्रकार महासंघ चितवनका अध्यक्ष हरि प्रसाद पोखरेल, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद चितवनका अध्यक्ष पदम गुरुङ, सञ्चार समुहका अध्यक्ष उर्गेन तामाङ लगायतले भित्तेपात्रो सार्वजनिक गरेका हुन ।gggg भित्तेपात्रो सार्वजनिक गर्दै समुहका अध्यक्ष उर्गेन तामाङले तामाङ जातिले बर्षभरी मनाउने विभिन्न पर्वहरुलाई केन्द्रित गर्दै पात्रो प्रकाशन गरेको बताए । यसले तामाङ समुदायमा एक किसिमतको सचेतना बढ्ने समेत उनको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि रहेका पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले सञ्चार समुहको यो कार्यलाई प्रशंसा गर्दै निरन्तरताको कामना गरे । त्यस्तै बिशिष्ट अतिथि पदम गुरुङले विगतमा पनि सञ्चार समुहले तारिफयोग्य कार्यक्रमहरु गर्दै आएको बताउदै जिल्लामा तामाङ सञ्चारकर्मीको क्रियाशिलतालाई मुक्तकण्ठले प्रशंसा गरे । समुहले यसअघि गत बर्ष पनि भित्तेपात्रो प्रकाशन गरेका थिए । त्यस्तै विभिन्न अवसरमा विभिन्न बिशेष कार्यक्रहरु पनि समुहले गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.