अनैतिक क्रियाकलापमा संलग्न २ जोडी पक्राउ

चितवन, १५ बैशाख । पूर्वी चितवनको पर्सा बजारको साझा होटल एण्ड गेष्ट हाउसमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा आज ईलाका प्रहरी कार्यलय खैरहनीले २ जोडीलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक घजिन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरिएको हो । सो होटलमा अनैतिक क्रियाकलाप भईरहेको गोप्य सूचनाको आधारमा अपरान्ह साढे ४ बजे समयमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी निरक्षिक कार्कीले बताए । उनिहरुलाई कानुन बमोजम कारबाही गरेर छाडिने प्रहरी निरिक्षक कार्कीले जनकारी दिए।

Leave a Reply

Your email address will not be published.