ढिकुवामा थारु समुदायले बनाए सिद्धेश्वर महादेवको मन्दिर (तस्वीरसहित)

राजेन्द्र आचार्य

चितवन, १५ बैशाख । पूर्वी चितवनको रत्ननगर–७ ढिकुवामा स्थानिय आदीवासी थारु समुदायको पहलमा सिद्धेश्वर महादेवको मन्दिर स्थापना गरिएको छ ।
हिन्दु धर्म लोप हुन लागेको भन्दै थारु समुदायको पहलमा सिद्धेश्वर महादेवको मन्दिर स्थापना गरिएको हो । 13120590_1083267578381713_1774464478_o
नेपाल हिन्दु राज्य थियो, तर अहिले हिन्दु धर्मलाई वास्ता गर्न छाडियो–मन्दिर निर्माणका लागि जग्गादिदै मन्दिर बनाउन अग्रसर विष्णुराम महत्तोले भने । हिन्दु धर्म संरक्षणका हाम्रा अग्रसर जनु महत्तोले थालेको अभियानलाई साथ दिदै सबै वर्ग जातिलाई समेटर मन्दिर बनाएका हौं । 13113240_1083262571715547_1983242747_o
२०६३ सालबाट सुरु गरिएको मन्दिर निर्माणको काम २०७३ सालमा आएर मन्दिरमा शिव लिङ्ग पदस्थापन गर्दै मन्दिर स्थापना गरिएको सिद्धेश्वर महादेव मन्दिर व्यस्थापन समितिले जनाएको छ । 13077405_1083267621715042_2055915580_n 13073066_1083265205048617_543676990_o 13078269_1083262548382216_82715378_o
मन्दिर निर्माणका लागि मन्दिरका अभियान्ता जनु महत्तोले १ कट्टा र विष्णुराम महत्तोको परिवारले १ कट्टा १० धुरी जग्गा प्रदान गरि विभिन्न स्थानियवासीहरुको सहयोगमा २५ लाखको लागतमा निर्माण सम्पन्न भएको सिद्धेश्वर महादेव मन्दिर व्यस्थापन समितिका सचिव बलसिहं महत्तोले जानकारी दिए । यस्तै मन्दिरमा राखिएका मुर्तीहरु भने काठमाडौं निवासी दिपक रजकले सहयोग गरेको उनले बताए । 13052483_1083265161715288_2036017761_o 13120955_1083262668382204_1478446605_o 13073066_1083265205048617_543676990_o 13105898_1083267531715051_1175704681_o 13106100_1083265475048590_1977071689_o 13106569_1083267588381712_593260692_o 13113298_1083266755048462_246335763_o 13106639_1083267511715053_643713330_o 13090722_1083262615048876_925284860_o 13091626_1083267458381725_856797724_o 13120507_1083262705048867_2035797015_o
यसैविच मन्दिरमा बुधबार एक भव्य समारोहका विच शिव लिङ्ग पदस्थापन गरिएको छ । शिव लिङ्गलाई रत्ननगर –७ परिक्रम गरि जनु र विष्णुराम महत्तोको परिवारसहित वडावासीले प्रवेश गराएका थिए ।