सनराइज बैंकको एक्स्टेन्सेन काउन्टर भरतपुरमा

चितवन, १५ वैशाख । सनराइज बैंक लिमिटेड नारायणगढ शाखाले भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल परिसरमा एक्स्टेन्सन काउण्टर खोलेको छ ।

बिरामीहरुलाई पैसा निकाल्न र राख्नको लागि असुविधा भएको भन्दै अस्पतालमा एक्स्टेनसन काउण्टर खुला गरिएको शाखा प्रबन्धक अच्युत श्रेष्ठले बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बैंकको एक्स्टेन्सन कार्यालय संयुक्त रुपमा बुधबार बिहान उद्घाटन गरेका थिए । चितवन मेडिकल कलेजमा खोलिएको एक्स्टेन्सन काउन्टरबाट बैंकको खाता खोल्ने, पैसा निकाल्ने, पैसा राख्ने लगायतका कामहरु हुने शाखा प्रबन्धक श्रेष्ठले बताए ।

उक्त एक्स्टेन्सन काउन्टरबाट लोनको काम बाहेक सम्पूर्ण बैंकिङ कामहरु हुने र लोनको लागि नारायणगढ शाखामा पठाइने समेत श्रेष्ठले जानकारी दिए । एक्स्टेन्सन काउन्टर सहित बुधबार एटिएम मेसिनको समेत उद्घाटन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.