कालिकामा यामाहा किन्दा पौड्याललाई ७३ हजारको लक्की ड्र

खैरहनी । पूर्वी चितवनको खैरहनीस्थित कालिका मोटरसाइकल पार्ट्सबाट नया वर्षकै दिन यामाहाको रेज जेड स्कुटर खरिद गरेका खैरहनी–२ निवासी गोपालराज पौड्यालले ७३ हजारको लक्की ड्र पाएका छन् ।
यामाहा मोटरसाइकलले नयाँ वर्षको अवसरमा गरेको लक्की ड्रमा पौड्याल भाग्यशाली बनेका हुन् ।13059809_943455932419278_1673608325_n
लक्की ड्रमार्फत् परेको रकम गतबिहीबार एक कार्यक्रमबीच गोपालकी बहिनी सञ्जु पौड्याललाई हस्तान्तरण गरिएको कालिका मोटरसाइकल पार्ट्सका सञ्चालक उत्तम अधिकारीले जानकारी दिए ।
खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । नयाँ वर्षको अवसरमा नेपालभर यामाहाको मोटरसाइकल र स्कुटर खरिद गर्ने मध्येबाट हरेक हप्ता एक जनालाई नगद ७३ हजार प्रदान गर्ने योजना कम्पनीको रहेको पार्ट्सका सञ्चालक अधिकारीले बताए ।

.