माडीमा ट्याक्टरले किच्दा बालकको मृत्यु

चितवन, १४ बैशाख । चितवनको माडीमा ट्याक्टरले किचेर आज एक बालकको मृत्यु भएको छ ।
माडी नगरपालिका–१२ स्थित गणेशगञ्जमा भएको सो दुर्घटनामा ३ वर्षका श्रवण दवाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार मृतक दवाडी स्थानीयवासी शालिग्राम दवाडीका छोरा हुन् । मल बोकेको ना.५ त४२ नम्बरको ट्याक्टरको पछाडि झुन्डिएर गइरहेका तीन वर्षका बालकलाई आज बिहान ८ बजेतिर सोही ट्याक्टरले किचेको हो ।

Leave a Reply

Your email address will not be published.