प्रगति हासिल गर्नका राजश्वमा नयाँ रणनीति

चितवन, १४ बैशाख । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्ष २०७२०७३ को राजस्व असुलीमा लक्ष्य अनुसारको प्रगति हासिल गर्नका लागि नयाँ रणनीति ल्याएको छ ।
कार्यालयले लिएको लक्ष्य अनुसार चालु आर्थिक वर्षमा ११ अर्ब ७७ करोड रुपैयाँ असुली गर्नुपर्नेछ । कार्यालयका प्रमुख मालपोत अधिकृत टिकाराम भुषालले लक्ष्य पूरा गर्नको लागि असुलीमा जोड दिँदै विभिन्न रणनीतिहरु तयार पारिएको बताए । kara ko
करदाताहरु भएको ठाउँमा स्थलगत अनुगमन गरि कर असुली गर्नु कार्यालयको पहिलो रणनीति भएको भुषालले बताए ।
करदाताहरुलाई असार मसान्तसम्म बुझाउनुपर्ने अन्तिम किस्ता बुझाउनको लागि आग्रह गर्ने र नतिर्ने करदातालाई कानुन अनुसार कारबाही गर्ने रणनीति कार्यालयको रहेको भुषालले बताएका छन् ।
आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्ष २०७२०७३ को चैत मसान्तसम्म जम्मा आठ अर्ब १६ करोड ७२ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेका थियो ।
चालु आर्थिक वर्षको नौ महिनामा कार्यालयले लक्ष्यभन्दा ४६ करोड ३० लाख रुपैयाँ कम राजस्व असुली गरेको छ । कार्यालयले चैत मसान्तसम्म विभिन्न शीर्षकमा सात अर्ब ७० करोड ४७ लाख ६७ हजार रुपैयाँ राजस्व मात्र असुली गर्न सफल भएको छ ।
कार्यालयले चैत मसान्तसम्म सबैभन्दा बढी राजस्व अन्तशुल्क बापत छ अर्ब ३५ करोड ६९ लाख ८१ हजार रुपैयाँ असुली गरेको छ ।
त्यसैगरी, सबैभन्दा कम राजस्व शिक्षा सेवा शुल्क बापत एक करोड ५० लाख ६६ हजार रुपैयाँ मात्र संकलन गर्न सफल भएको छ । कार्यालयको यस आर्थिक वर्षको लक्ष्य अनुसार प्रगति हासिल गर्नको लागि वैशाख महिनामा एक अर्ब पाँच करोड, जेठ महिनामा एक अर्ब १० करोड र असार महिनामा एक अर्ब ४४ करोड रुपैयाँ राजस्व असुली गर्ने रणनीति रहेको छ ।
कार्यालयले यस आर्थिक वर्षको लक्ष्य भेटाउनको लागि आगामी तीन महिनामा तीन अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गर्नुपने हुन्छ ।

Leave a Reply

Your email address will not be published.