क्यान्सर अस्पतालका डाक्टर कार्यालय समयमा निजी धाउँदा पक्राउ

चितवन, १३ बैशाख । सरकारी स्वास्थ्य सस्थामा कार्यरत डाक्टर कार्यालय समयमा निजी अस्पतालमा काम गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत डा. ज्ञानवहादुर श्रेष्ठ र अधिकृत स्तरका टेक्निसियन जयनारायण झा सोमवार दिउँसो कार्यालय समयमा भरतपुरको चौविसकोठी स्थित चितवन अस्पतालमा रहेको चितवन इमेजिङ प्रालीमा काम गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनिहरु दुवैजनालाई सिटिस्क्यान गरिरहेको अवस्थामा क्यान्सर अस्पताल वचाउ समितिको सक्रियतामा प्रहरीले पक्राउ गरेको हो ।
कार्यालय समय भित्र अस्पतालमा बिरामीलाई सेवा दिन छाडेर भरतपुरको चितवन अस्पताल प्रालिमा काम गर्न पुगेको भेटिएपछी स्थानियको पहलमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । दिउसो १२.३० बजे चितवन अस्पतालमा सिटि स्क्यान गर्दै गरेको अवस्थामा फेला परेपछी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानिय दधिराम गौतमले बताए । अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीका कारण अस्पताल धरासायी भएको भन्दै अस्पताल आसपासका स्थानीय बासिन्दाहरुले क्यान्सर बचाउ अभियान गठन गरेर खवरदारी सुरु गरेका थिए ।
सोही अभियान अन्र्तगत उनिहरुले डाक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । क्यान्सर अस्पतालमा कार्यरत माथिल्लो तहका डाक्टर र कर्मचारीले निजी अस्पतालमा लगानी गर्ने र क्यान्सर अस्पतालका बिरामीलाई निजीमा बोलाएर अधिकांश समय निजीमानै खचर्ने गरेकाले क्यान्सर अस्पताल दिनानु दिन धरासायीहुदै गएको क्यान्सर बचाउ अभियानका संयोजक बाबुराम अधिकारीले बताए । पक्राउ परेका हरुलाई उचित कारबाही नगरे अस्पतालमा तालाबन्दि गर्ने उनले बताएका छन् । क्यान्सर अस्पतालको रेडियो डायग्नोसिस शाखाका अधिकांश उपकरणहरु बिगारेर सामान्य भन्दा सामान्य रोगको परिक्षणका लागी निजी धाउनु पर्ने बाध्यता सृजना गरेको आरोप त्यहा कार्यारत डाक्टरहरुलाई लाग्ने गरेको छ ।
चितवन अस्पताल भित्र रहेको चितवन ईमेजिङमा क्यान्सर अस्पतालका उप निर्देशक डा.देज गौतम लगायत रेडियो डायग्नोसिस शाखामा कार्र्यरत अन्य डाक्टरहरुको लगानी रहेकाले उनिहरुले क्यान्सरको उपकरण बिगारेर त्यहाका बिरामी आफ्नोमा तान्ने गरेको अस्पतालकै कर्मचारीहरु बताउछन् । डा.गौतम उप निर्देशक भएदेखीनै क्यान्सरमा बेथिति बढदै गएको बताईएको छ । उनले क्यान्सरमा लुट मच्चाउने गरेको भन्दै कर्मचारीहरु आक्रोसित बनेका छन् । अस्पतालमा रेडीयोलोजी बिग्रेको डिपाट र प्याथोलोजी कामै नगरि तलव पाईने डिपाटको रुपमा परिचित भै सकेको अस्पतालका प्रशासकिय अधिकृत गिरि नारायण महतोले बताए । ४ डाक्टर, २ वरिष्ठ टेक्निसियन, ३ टेक्निसियन र ६ टेक्नोलोजिस्ट भएको रेडियो डायग्नोसिस डिपाटमा बिरामीले चाहेको बेला सेवा नपाउने र डाक्टर पनि नभेटिने अवस्था रहेको उनले जानकारी दिए ।
उता अस्पतालका उप निर्देशक डा.देज गौतमले भने कुन डाक्टर कहा जान्छ भन्ने कुरा आफुलाई जानकारी नहुने बताउछन् । अस्पतालका सबै डाक्टर कर्मचारीको जिम्मा लिन नसक्ने गैर जिम्मेवार तर्क उनको छ । डाक्टर बाट गल्ति भएकै भए स्पस्टिकरण सोधेर आवस्यक कारबाहि गर्ने भन्दै उनले श्रेष्ठ र झाको बचाउ गरे । चिनको सहयोगमा अस्पताललाई प्राप्त भएको करिव २१ करोण भन्दा बढिको अत्याधुनिक उपकरण, सिटि स्क्यान, म्यामोग्राफी, ईन्डोस्कोपीका उपकरण ओटीका उपकरण, आईसियुका उपकरण, भ्यान्टिलेटर लगायतका उपकरण जडानहुन सकेको छैन । अस्पतालमा उपकरण जडान गर्दा आफनो कमाई धन्दा बन्दहुने र आफ्नो लगानी डुब्ने डरले क्यान्सर अस्पतालमै कार्यरत केहि डाक्टरहरुले उपकरण जडान गर्न नदिएको त्यहि कार्यारत डाक्टरहरुले नाम नबताउने सर्तमा जानकारी दिएका छन् ।