गजल

शंकर निर्देश
तिमी नजिक आउदा लाग्छ धेरै रमाईलो
सुस्त÷सुस्त सुम्सुमाउदा लाग्छ धेरै रमाईलो ।।
सुख, दुख, आरोह, अवरोह झेल्दै
मायामा नुहाउदा लाग्छ धेरै रमाईलो ।।
चाहेर पनि बिर्सिन्न म ती पलहरु
कल्पनामा पाउदा लाग्छ धेरै रमाईलो ।।
सम्पादन गर्न न मिलेर बितेका कुरा
नभए साईनो लाउदा लाग्छ धेरै रमाईलो ।।
राम्रो बन्नलाई ‘निर्देश’ देउ मलाई
चरित्र कमाउदा लाग्छ धेरै रमाईलो ।।