मिलिजुली वनमा आर्थिक अनियमितता छैन् : अध्यक्ष महत्तो

चितवन, १३ बैशाख । पूर्वी चितवनको रत्ननगर– ६ लाल पर्सामा रहेको मिलिजुलि मध्यवर्ती सामुदायिक वनमा कुनै आर्थिक अनियमिता नभएको वनले दावी गरेको छ । आठौँ बार्षिक साधारण सभा पछि वनको आर्थिक अनियमितता भनि विभिन्न छापा तथा मिडिया संचार माध्यमहरूमार आएका समाचारहरूले वनको गम्भीर ध्यानार्कषण भएको एक विज्ञप्ती जारी गर्दै दावी गरेको हो ।
वनका अध्यक्ष रामेश्वर महत्तोद्धरा जारी विज्ञप्तीमा भनिएको छ–“केही भ्रम सिर्जना गरेको बर्तमान परिवेक्षमात आठौँ साधारण सभाले पास गरेको लेखा परिक्षण प्रतिवेदनमा कुनै पनि बेरूजु तथा आर्थिक अनियमितता नभएको प्रस्ट पार्दछु । ”
साथै उनले सबै खर्चका बिल भर्पाईहरु साधारण सभाले पास गरिसकेको स्मरण गराउदै केही खर्चका शिर्षकहरू लेखा विधि अनुसार राख्न कमजोरी भएको बिषयलाई देखाउदै बास्तविक खर्च भएकै रकमहरू लाई बेरूजु तथा भ्रष्टाचार भनि भ्रम सिर्जना गर्न खोज्नु स्थानीय रुपमा स्थापित सामाजिक व्यक्तिहरूको चरित्र हत्या गर्ने उद्देश्यले त भएको होइन ँ? भन्ने गम्भीर आंशक समेत गरेका छन् ।
यस्तै उनले सम्पूर्ण उपभोक्ता तथा संम्बन्धित पक्षलाई वनमा आर्थिक अनियमितता नभएको कुरामा विश्वस्त हुन अनुरोध गरेका छन् ।