रत्ननगरमा २४ जना विद्युत चोरलाई पक्राउ

रामु आचार्य
चितवन, ११ बैशाख । पूर्वी चितवनको रत्ननगरमा २४ जना विद्युत चोरलाई पक्राउ गरिएको छ ।

नेपाल बिद्युत प्राधिकरण टांडी शाखाले बिद्युत चोरी निरीक्षण कार्यक्रमलार्इ प्रभावकारी ढंगबाट अगाडी बढाउने उद्देश्य अनुसार गरिएको अनुगमनमा २४ जना विद्युत् चोरलाई पक्राउ गरिएको हो ।
रत्ननगर नगरपालिका अन्तर्गतका वार्ड नं।५, ६, ७, ८ र ९ बिद्युत चोरी गर्ने २४ जनालाई नियन्त्रणमा लिइ पछि उनीहरु लाइ सचेत गराई जरिवाना तिराएर छोडिएको थियो । प्राधिकरणका इन्जिनियर अन्जनकुमार यादब र इन्जिनियर प्रितम बिस्टको नेतृत्वमा भएको कार्यक्रम बाट १ लाख १२ हजार २७ रुपैया राजस्व संकलन भएको छ ।
कार्यक्रम बिद्युत प्राधिकरणका कर्मचारी ,स्थानिय समाजसेवी ,पत्रकार ,शसस्त्र प्रहरी र जनपथ प्रहरीको सहभागितामा भएको थियो । बिद्युत चोरि निरीक्षण कार्यक्रम निरन्तर रुपमा अगाडी बढाइने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.