भलिबलकोे उपाधि शसक्त यूवा समुह आग्रालाई

रुपक कालिराज
मकवानपुर, ११ बैशाख । “खेलकुद विकासको निम्ति कालीदेविको प्रयास, डाडाबाँस आन्तरिक पर्यटन विकासको अभ्यास ” भन्ने मुल नाराको साथ सञ्चालित जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि शसक्त यूवा समुह आग्राले जितेको छ ।vvv मकवानपुरको आग्रामा भएको फाइनलमा शसक्त यूवा समुह आग्राले कुण्डल देवि सहकारी संस्थालाई ३ः१ को सेटमा पराजित गर्दै शसक्त यूवा समुह आग्राले उपाधि हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा कुण्डल देवि सहकारी संस्थालाई शसक्त यूवा समुह आग्राले १८ः२५, १२ः२५, २७ः२५ ,१७ः२५ को सेटमा जित निकाल्यो हो । उपाधिसंगै शसक्त यूवा समुह आग्राले नगद ५० हजार ५ सय प्राप्त र्गयो भने उपविजेता कुण्डल देवि सहकारी संस्थाले ३० हजार ३ सय नगद सहित प्रमाण पत्र, मेडल र शिल्ड प्राप्त मा चित्त बुझाउनु परेको छ ।
प्रतियोगिता कालीदेवि यूवा समूहको आयोजना तथा कालीदेवि बहुउद्देशिय सहकारी संस्थाको समन्वयमा मंगलबार बाट मकवानपुरको आग्रामा सुरु भएको खेलमा तेस्रो स्थान प्राप्त गरेको बगेश्वरी युवा क्लबले २० हजार २ सय नगद सहित प्रमाण पत्र मेडल र शिल्ड प्राप्त गर्न सफल भएको छ । कालीदेवि बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष तथा कालि देवि यूवा समुहको अध्यक्ष नेमराज थिङको सभाध्यक्षतमा भएको फाइनल कार्यक्रममा प्रतियोगितामा मकवानपुर जिल्ला भरीका ७ वटा टिम हरुको बिचमा प्रतिस्पर्धा भएको हो । एकीकृत नेकपा माओवादीका नेता तथा गृहमन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आथित्यतामा समापन भएको प्रतियोगितामा आग्रा ६ का वेष्ट लिप्टर उत्सव खड्का , बेष्ट स्पाईकर कुण्डलदवि सहकारी संस्थाका खेलाडी जनक चौधरी, उत्कृष्ठ ब्लकर योगेश हमाल, र उदयमान खेलाडी बज्रबाराही युवा क्लबका बलराम सुबेदी घोषित भएका छन् ।vvvv1 यसै अवसरमा मकवानपुर जिल्लाका विभिन्न क्षेत्रबाट योगदान गरिरहेका तथा चिनाउने प्रयास गरिरहेका व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सम्मान प्रत्र प्रदान गर्दै उस्सु तर्फ रजग पदक विजेता हरि प्रसाद गोले, निर्वतमान खेल खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वालकृण चौलागई, आग्रा खेलकुद विकास समितका संस्थापक अध्यक्ष कृष्ण थिङलाई सम्मान गरेको हो ।
एकीकृत नेकपा माओवादीका नेता तथा गृहमन्त्री शक्ति बहादुर बस्नेतले भूकम्पपछिको पुनःनिर्माणको महाअभियान १२ वैशाखबाटै शुरु हुने बताएका छन् । मकवानपुरको थाहानगरमा ११ वैशाखमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भूकम्प पीडितहरुले संकलित तथ्याङ्कको आधारमा प्रकृया पूरा गरी ७ दिन भित्रमा सरकोले घर बनाउन दिने भनेको रकम पहिलो किस्तामा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे । मकवानपुरको आग्रा गाविसमा भएको जिल्ला स्तरीय भलिबल प्रतियोगिताको समापनका लागि मकवानपुर आएका गृहमन्त्री बस्नेतले प्राविधिक कारणले भूकम्प पीडितले छिटो राहत पाउन नसकेको स्वीकार्दै अब सक्दो छिटो सरकारले तयार गरेको मापदण्डको आधारमा आवास निर्माणका लागि राहत प्रदान गर्ने बताए । उनले थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टलाई सम्झदै उनको दर्शनको चर्चा गरे । भेटघाट कार्यक्रमको अवसरमा थाहानगरको समस्या समाधानका लागि एकीकृत नेकपा माओवादी थाहानगर संयोजक अरुण रायमाझीले ज्ञापनपत्र बुझाएका थिए । बस्नेतले ज्ञापनपत्र बुझ्दै थाहानगरमा शान्ति सुरक्षा, इलाका प्रशासन सेवा केन्द्र लगायतका लागि आफ्नो तर्फबाट तत्काल काम थाल्ने प्रतिक्रिया दिए । २०७२ साल नाकाबन्दी, विनासकारी भूकम्प लगायतको पीडा खेप्नु परेको भए पनि जनताको संविधान महत्वपूर्ण उपलब्धी भएको भन्दै यसलाई कार्यान्वयन गर्न सबै दल, नागरिक एकजुट हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published.