दराई उत्थान समाजको पाँचौ जिल्ला अधिवेशन

अनिल दराई
चितवन, ११ बैशाख । नेपाल दराई उत्थान समाज जिल्ला समिती चितवनको पाँचौ जिल्ला अधिवेशन शुक्रबार खैरहनी स्थित घोक्रेलामा सम्पन्न भएको छ । आदिबासी जनजाति महासंघ काठमान्डौंकी उपाध्यक्ष्ँ तपिया दराईको प्रमुख आतिथ्तामा सम्पन्न भएको अधिवेशनमा संघिय लोकतान्त्रिक गणराज्यमा उत्कृष्ट नयाँ संविधान र राष्ट्रिय स्वाधिनता , समृद्ध राष्ट्र , सर्वपक्षिय समावेशी हाम्रो अभियानलाई मुख्य उद्देश्य बनाईएको थियो । कार्यक्रमलाई संवोधन गर्दै महासंघकी उपाध्यक्ष्ँ दराईले आदिवासीको लागि ठोस कार्यक्रम अगाडि बढाउन जरुरी रहेको बताउदै त्यसको लागि सम्पुर्ण जनजाती एक हुनुपर्नेमा जोड दिनुभएको थियो । bbbbb
कार्यक्रममा नेवा पुच ः चितवनका अध्यक्ष बद्रिलाल श्रेष्ठ , तामाङ घेधुङ चितवनका अध्यक्ष गोपी घलान , कुमाल समाज चितवनका अध्यक्ष कुल बहादुर कुमाल , आदिबासी जनजाति महासंघ राष्ट्रिय प्रतिष्ठान समन्वय परिषद्का प्रतिनिधि प्रेम भुजेल , नेपाल दराई उत्थान समाजका केन्द्रिय अध्यक्ष तम बहादुर दराई , आदिबासी जनजाति महासंघ राष्ट्रिय प्रतिष्ठानका सदस्य मंगलराम दराई , नेपाल दराई उत्थान जिल्ला समिती तनहुँका अध्यक्ष तिर्थ दराई , नेपाल दराई उत्थान जिल्ला समिती नवलपरासीका खचिव बेल बहादुर दराई लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नुभएको थियो ।
यस्तै अधिवेशनले रामबहादुर दराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा मंगलराज दराई , सचिवमा अनुप दराई , सह–सचिवमा विमला दराई , कोषाध्यक्षमा बाबुराम दराई चयन भएका छन् भने सदस्यहरुमा राजु दराई , पुर्णलाल दराई , बिमा दराई , मेघनाथ दराई , अमित दराई चयन भएका छन् । एक जना सदस्य भने बैशाख १८ गते हुने बैठकमा चयन गरिने बताईएको छ । अधिवेशन उत्थान समाजका अध्यक्ष लक्ष्मण दराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैगरि सोही अवसरमा भुवन दराईको अध्यक्षतामा १३ सदस्ययीय नेपाल दराई बिद्यार्थी समाज गठन गरिएको थियो । जसको उपाध्यक्षमा बिक्रम दराई , सचिवमा सजिता दराई , सह–सचिवमा सुबिन दराई , कोषाध्यक्ष अभिज्य दराई , सदस्य प्रमिला दराई , विप्लव दराई , मनिस दराई , निरज दराई , अनुप दराई , सागर दराई , सुरज दराई , सागर दराई चयन भएका छन । कार्यक्रम विद्यार्थि समाजका अध्यक्ष रामशरण दराईको अध्यक्षतामा सम्पन्न भएको थियो । खैरहनीको घोक्रेलामा दराई महिलाहरुले सञ्चालन गरेको दराई होमस्टे समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published.