समस्य हल गर्न संविधान सशोधन हुन्छ : मन्त्री पोख्रेरल


दयाराम आचार्य

कावासोती, ११ बैशाख । शिक्षा मन्त्री गिरीराज मणि पोख्ररलले मुलुकमा जारी समस्या हल गर्न सरकार संविधान संसोधनका लागि सरकार तयार रहेको स्पष्ट पारेका छन् । जारी भएको संविधान एउटा सम्झौता हो–उनले भने । आवश्यक परे समस्या समाधाको लागि संशोधन हुन्छ । m
एकीकृत अखिल नेपाल शिक्षक संगठन नवलपरासीको चौथो जिल्ला सम्मेलनलाई आज नवलपरासीको कावासोती–१६ डण्डमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संविधानको सन्दर्भममा अहिले पनि असन्तुष्टि, आलोचना र बिरोध भएको भन्दै आफुहरु अझै पनि सिमाङ्कनको सन्दर्भमा बार्ता गरेर समस्या समाधान गर्न तयार भएको थप स्पष्टयुक्ती थियो ।
एमाओवादीका केन्द्रिय सचिव समेत रहेका पोख्रेरलले संविधान ठिक छ कि छैन भनेर आत्मनिर्णयको अधिकार माथि चुनौती दिने बाह्य प्रवृति प्रति कुनै पनि हालमा सम्झौता नगर्ने समेत बताए ।mb4
संविधानमा अधिकार थप्नु पर्ने कुरामा समर्थन गर्ने तर समर्थनको नाममा नाकामा गएर नाकाबन्दी गर्ने र आन्तरीक कुरा बाहिर लगेर बाह्य शक्ति गुहार्ने कुरामा भने आफ्नो समर्थन नरहने बताए ।
यस्तै उनले अहिले सरकार संबिधान कार्यन्वनको मुल कार्य लिएर हिडेको बताए । साथै संबिधान प्रति असन्तुष्ट भएका समुदाय हरुलाई ल्याउनको लागि बार्ता र सहमतिको प्रयास जारी रहेको समेत उनले बताए ।
अर्को एक फरक प्रसगंमा उहाले डा. बाबुराम भट्टराईले घोषणा गरेको नया शक्ति कमन्युष्ट आन्दोलनको हिसाबमा बिसर्जनवादी र बिघटन बादि भएको बताउनु आरोप लगाए ।
“नया शक्ति होईन त्यो पुरानो शक्तिनै हो,जसले न माओवादी पार्टीलाई फाईदा गर्यो ,न देशलाई फाईदा गर्यो न उहालाईनै फाईदा गर्यो” उनले भने ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन नवलपरासीका संयोजक शिवशंकर बस्यालको अध्यक्षता तथा शिक्षा मन्त्री गिरीराजमणी पोखे्ररलको प्रमुख आतित्थ्यतामा जारी संमेलनमा, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष भोलानाथ सापकोटा, सांसद डिआर पौडेल, एमाओवादी केन्द्रिय सदस्य एवं नवलपुर जिल्ला ईन्चार्ज अमर तमु, एमाओवादी केन्द्रिय पार्षद किसन शर्मा लगाएको उपस्थिति रहेको थियो ।