भाटभटेनीको १२औं भरतपुर शाखाको औपचारिक कारोबार सुरु

चितवन, ११ बैशाख । भाटभटेनी सुपर स्टोरको शाखा चितवनको भरतपुरमा खुलेको छ । चितवनमा खुलेको भाटभटेनीको १२औं शाखाको औपचारिक कारोबार भने आजबाट सुरु भएको छ ।
20160421_165010
भाटभटेनीका संचालक मीनबहादुर गुरुङले उपत्यका बाहिर पोखरा र धरानपछि भरतपुरमा शाखा विस्तार गरिएको बताए । भरतपुरमा ७५ करोडको लगानीमा भाटभटेनी खोलेका हौं, सञ्चालक गुरुङले भने, २ सय जनाले रोजगार पाएका छन् ।BBSM_300x150-01

शाखा शुभारम्भको अवसरमा गार्मेन्ट लगायतका विभिन्न सामानमा १० प्रतिशत र मदिराहरुमा ५ प्रतिशत छुट सुविधा रहेको सञ्चालकले बताएका छन् । दस वर्षअघि नै यस क्षेत्रमा भाटभटेनी खोल्ने सपना थियो, उनले भने, विविध कारणले हुन सकेन बल्ल सफल भइयो ।bhatbhateni(2)

उनले २ वर्षभित्र यसको शाखा विस्तार गरी २१ वटा बनाउने लक्ष्य रहेको जानकारी दिए ।

स्टोरमा कपडा, श्रृङगार, विद्युतीय सामान, फर्निचर, खाद्यवस्तु राखिएको छ । एक हजार स्वदेशी उत्पादनका साथै विदेशमा बनेका दसौं हजार सामान स्टोरमा उपलब्ध रहनेछ । भाटभटेनी मार्फत चितवनका स्थानीय उत्पादनलाई अन्यत्र विस्तार गर्न आफूहरुले सहयोग गर्ने संचालक गुरुङले बताए । उनले भाटभटेनी सुपरस्टोरलाई नेपालीको सुपरस्टोर बनाउने आकांक्षा अनुरुप सेयर सर्वसाधारणमा विक्री गरी पब्लिक कम्पनीमा जाने योजना रहेको बताएका छन् ।
20160421_165016
चितवनबाट आएको नाफाको केही भाग यहाँकै समाजसेवामा खर्चने जानकारी दिए । भाटभटेनीले अहिलेसम्म पाँच हजार बढीलाई रोजगारी दिएको छ ।