चितवनका लायन घनश्याम भट्टराई लायन्स ३२५ वी २ को डिस्ट्रिक गभर्नरमा निर्वाचित

चितवन, ११ वैशाख । चितवनका लायन घनश्याम भट्टराई लायन्स क्लव ईन्टरनेशनल ३२५ वी २ नेपालको बर्ष २०१६÷१७ को डिस्ट्रिक गभर्नरमा निर्वाचित भएका छन् ।
gasahayaama
क्लवचौथो राष्ट्रिय महाधिवेशनले लायन भट्टराईलाई बर्ष २०१६/१७ को डिस्ट्रिक गभर्नरमा निर्वाचित गरेको हो ।
काठमाडौमा सम्पन्न महाधिवेशनले प्रथम भाईस डिस्ट्रिक गभर्नर भट्टराईलाई आगामी कार्यकालका लागि गभर्नरमा चयन गरेको हो ।

कुल खसेको ३९१ मत मध्ये उनले ३६८ मत प्राप्त गरेका थिए। एक भोट बदर भएको र २२ नो भोट आएको निर्वाचन समितिका संयोजक विदुर ढुंगानाले जानकारी दिए।

यस्तै प्रथम भाईस डिस्ट्रिक गभर्नरमा मधुसुदन शर्मा ३७१ मतका साथमा निर्वाचित भए भने सेकेन्ड भाईस गभर्नरमा ३६१ मतका साथ सुनिल ओझा निर्वाचित भए।
ghayama
उनहरुले क्रमश १७ र २८ नो भोट पाए । निर्वाचित भएपछि गभर्नर भट्टराईले लायन्सलाई सुदृढिकरण गर्दै ‘एक क्लव एक परियोजना’ सञ्चालन गर्ने अवधारणा समेत उनले सार्वजनिक गरे । उनले लायन्स जुनार जस्तो बनेको भन्दै स्याउ जस्तो कसिलो बनाउँदै लैजाने प्रतिबद्धता जनाए।
गएको शुक्रवार देखि चलेको महाधिवेशनको पुर्व राष्ट्रपति डा।रामवरण यादवले उद्घाटन गरेका थिए । सो क्रममा सौराहा लायन्सका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले अन्तराष्ट्रिय मेडल प्राप्त गरेका थिए ।
ghayam
सम्मेलनमा ३२ जिल्लाबाट करिव २ हजार प्रतिनिधिहरु सहभागि थिए । नेपालमा लायन्सहरुको संख्या १८ हजार छ ।
लायन्स ३२५ वी २ को हालका गभर्नर डिके ढुंगानाको अध्यक्षतामा भएको समापन कार्यक्रममा ईन्टरनेशनल डाईरेक्टर सञ्जय खेतान, ३२५ वी १ का गभर्नर ध्रुव थापा लगायतले बालेका थिए।

Leave a Reply

Your email address will not be published.