नौ महिनामा ७४ लाख बढि राजश्व संकलन

दयाराम आचार्य
कावासोती ११ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले चालु आर्थिक बर्षको ९ महिनामा ७४ लाख ४४ हजार एक सय राजश्व संकलन गरेको छ ।
यस आर्थिक बर्षको साउन देखि चैत्र मसान्त सम्ममा कुल १५ हजार ९ सय ५० सवारी साधन कार्वाही बाट उक्त राजश्व रकम संकल भएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका लोकबहादुर बुढाथोकीले बताउनु भयो ।
चालु आर्थिक बर्षको नौ महिनाको अवधिमा १० हजार १ सय ७२ ट्रक कार्वाही बाट ५४ लाख ३९ हजार रुपैया , ८ सय १२ बस कार्वाही बाट ३ लाख ८२ हजार ४ सय रुपैया, १ हजार ७० जिप,कार कार्वाही बाट ३ लाख २८ हजार रुपैया, ९ सय २८ ट्याक्टर कार्वाही बाट २ लाख ६८ हजार २ सय रुपैया , २ हजार ७ सय ८९ मोटरसाईकल कार्वाही बाट १० लाख २६ हजार तिन सय रुपैया राजश्व संकलन भएको बुढाथोकीले जानकारी दिनुभयो ।
यस चालु आर्थिक बर्षको नौ महिनामा सबै भन्दा बढि पौष महिनामा २३ सय सवारी साधान कार्वाही बाट १२ लाख ३० हजार ३ सय राजश्व संकलन भएको छ भने सबै भन्दा कम असोज महिनामा १ हजार सवारी साधन कार्वाही बाट ४ लाख ६८ हजार १ सय राजश्व संकलन भएको छ ।