दलित बस्तीमा आगलागी हुँदा ३५ घरगोठ जलेर नष्ट, लाखौंको क्षति

कपिलवस्तु, १० वैशाख । शिवराज नगरपालिका–७ पिपरीस्थित दलित बस्तीमा आगलागी हुँदा ३५ वटा घरगोठ जलेर नष्ट भएका छन् ।ago lage

बिहीबार दिउँसो ३ः५० बजे पिपरी गाउँका चिन्ने मुसलमानको घरमाa चिया पकाउने क्रममा लागेको गलागीबाट त्यसकोआसपासमा रहेका घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी चिन्ने मुसलमान, रामअञ्चल केवट, झिन्कु कँहारलगायतका घरगोठ जल्दा अनुमानित ६० लाख बराबरको क्षति भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख राजनकुमार सिलवालले बताए ।

आगलागीपछि सो स्थानका मानिस घर छाडेर भागेकाले क्षतिको विवरण अझ बढ्न सक्ने जनाइएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

Leave a Reply

Your email address will not be published.