कालोबजारी नियन्त्रण गर्न तरुण दलको ज्ञापनपत्र

चितवन, ०९ बैशाख । कालोबजारी नियन्त्रण गर्न माग गर्दै नेपाल तरुण दल भरतपुर चितवनले विहिवार जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापनपत्र बुझाएको छ । हाल ब्याप्त महंगीले आवाश्यक वस्तुहरुको चरम अभाव, डिजेल एव्म पेट्रोलियम पदार्थहरुको कृत्रिम अभाव, खाने तेल तथा मसलाजन्य वस्तुमा ब्यापक मुल्य बृद्धि लगायत बजारमा देखिने मुल्य अन्तर लाई सहज र सरल बनाउन माग गर्दै दलले प्रशासन मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिसदको कार्यालयमा ध्यानआर्कषण गराएको हो ।taruna dal

साथै दलले सरकारी कार्यालयको मातहतमा रहेका अन्य निकायहरुमाहरुमा र बजारमा नियमित अनुगमन गर्न पनि माग गरेको छ । ज्ञापनपत्र बुझाउदै दलका सचिब प्रल्लाद उप्रेतिले यातायात क्षेत्रमा बढ्दै गएको मनपरीतन्त्र, एकाधिकार, चर्को भाडा असुलि, ब्यवसायिहरुको लापरवाहि प्रति दलको गम्भिर ध्यानआर्कषण भएको बताएका छन् । यस्ता समस्याहरुले जनतालाई सास्ती भएको भन्दै उहाले जति सक्दो चाडै यस्को नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंहलाई आग्रह गरेका छन् ।

यस्तै दलका अध्यक्ष रोमन श्रेष्ठले निजि तथा आवसिय विद्यालयहरुले लिने गरेको चर्को शुल्क बृद्दिले अभिभावकमा आर्थिक भार पर्न गएको भन्दै शुल्क बृद्दि नियन्त्रण गर्न र स्वास्थ्यको क्षेत्रमा देखिएको शोसण अन्तय गर्र्दै भुकम्पका पिडित लाई उचित ब्यवस्थापन गर्न आग्रह गरेका छन् । साथै उनले नारायणगढका मुख्य चोकहरुमा टा्रफिक ब्यवस्थापन मा समेत फितलो देखिएकोले यस प्रति पनि आफ्नो दलको गम्भिर ध्यानआर्कषण भएको बताएका छन् । यस्तै ज्ञापनपत्र बुझ्दै प्रजिअ सिंहले दलको मागहरु यथासिघ्र सम्बन्धित निकायमा पठाउने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

.