एयरपोर्टचोकमा थकाली किचन सञ्चालनमा

चितवन, ०९ बैशाख । भतरपुर १० स्थित एयरपोर्ट चोकमा आर.आर एयरपोर्ट थकाली किचन सञ्चालनमा आएको छ । नेपाली तथा थकाली खानाका पारखीहरुको लागि यस रेष्टुरेण्टको सञ्चभालन गरिएको हो । विभिन्न खाजा तथा नास्ताको समेत व्यस्वथा रहेको आर.आर एअरपोर्ट थकाली किचनको विहिवार उद्धघाटन गरिएको हो ।thakali kitacna

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष्ँ राजन गौतमले यसको उद्धघाटन गरेका हुन् । वैदेशिक रोजगारमा गएर आएका युवाहरुले विदेशमा पसिना बगाउनु भन्दा स्वदेशमा केही गर्नुपर्छ भनि रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।

३जना य’वाहरु रमेश खनाल, राजन त्रिपाठी र तिलक भुसालले सञ्चालन गरेको रेष्टुरेष्ट २० लाख रुपैंयाको लगानीमा सञ्चालन गरिएको हो । यस रेष्टुरेण्टमा हरेक शुक्रवार हांसको मासुको व्यवस्था रहेको छ भने छिटै गजल सांझको सुरुवात गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published.