किसान महासंघ क्रान्तिकारीको छैंठौं अधिवेशनको तयारी अन्तिम चरणमा

चितवन, ०९ बैशाख । यहि वैशाख महिनाको ११ गतेबाट चितवनको सहिद स्मृति भवन कृष्णपुरमा अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको छैंठौं अधिवेशनको तयराी अन्तिम चरणमा पुगेको छ । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको छैठौं जिल्ला सम्मेलन हुन लागेको आयोजक समितीले विहिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । किसानका समस्याहरु उस्तै भएपनि परिस्थीती भने भिन्दै हुदै गएको कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन् ।

किसानका समस्याहरु पहिचान भइसकेको भएपनि यस्को सामाधानका लागि माथिल्लो निकायबाट नै पहल नगरिएको समेत उनीहरुले आरोप लगाएका छन् । श्रमजिवी किसानहरुके साथमा उत्पादनको साधन पर्याप्त नहुनु, समयमा मल, विउ, औषधि जस्ता सामाग्रीको आपूर्ति नहुनु र वास्तविक किसानले उचित मूल्य नपाउनु किसानहरुको मुख्य समस्या रहेको संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यि विविध कारणहरुले गर्दा नै नेपाली किसानहरु विदेश पलायन हुनु परेको विज्ञप्तीमा उल्लेख छ । आजको २१ औं शताब्दीको विज्ञान र प्रविधि कृषि क्षेत्रमा प्रयोग हुनु अति आवश्यक देखिएको अखिल नेपाल किसान महासंघ क्रान्तिकारी छैटौं जिल्ला सम्मेलन आयोजक समिती चितवनका संयोजक नारायण बहादुर कुंवरले जानकारी दिएका छन् ।

कृषि मन्त्रालयले जारी गरेको २७ बुदें प्रतिबद्धताले किसानका समस्यालाइ केहि सम्बोधन गर्न खोजे पनि व्यवहारिक रुपमा कार्यान्वयनको पक्ष जटिल बनेको समेत उनले जानकारी दिएका छन् । स्वदेशी उत्पादनहरु खेर गएको र विदेशी उत्पादनले भने स्वदेशमा बजार पाइरहेको अवस्था प्रति उनले चिन्ता व्यक्त गरेका छन् । किसानका समस्या समाधान गर्नका लागि सम्पूर्ण पक्ष लागि पर्न उनले आग्रह गरेका छन् ।