नारायणी नगरपालिकालाई मुलुककै नमुना वातावरणमैत्री नगर निर्माण गर्ने अभियान सुरु

चितवन, ०९ बैशाख । पश्चिम चितवनको नारायणी नगरपालिकालाई मुलुककै नमुना वातावरणमैत्री नगरपालिका निर्माण गर्ने अभियान सुरु गरिएको छ । नगरपालिका भित्रको फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाई प्राकृतिक स्रोत साधनलाई वैज्ञानिक र मौलिक रुपमा व्यवस्थापन गरी सुन्दर नमुना वातावरणमैत्री नगरपालिका निर्माण गर्न लागिएको हो ।
चालु आर्थिक बर्षको साउनदेखि नगरपालिकामा वातावरणमैत्री स्थानिय शासन कार्यक्रम (ईएफएलजी) लागु गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गरि सुन्दर नमुना वातावरणमैत्री नगरपालिका निर्माण गर्न लागिएको नगरपालिकाका कार्यकारी अधिकृत रमेश सुवेदीले जानकारी दिए । “हामी सुरुवत चरणमा छौं–कार्यकारी अधिकृत सुवेदीले भने । नगरवासीको मा अनुसार घरमा उत्पादित फोहरहरुको वर्गीकरण गराउदै नगरको घर, टोल, वडा गाउ र सिगो नगरपालिकालाई वातारणमैत्री बनाउन विभिन्न कार्यक्रम सहित अघि बढिरहेका छौं ।”
गत बर्ष नै नगरको ५ लाख रुपैया वजेट विनियोजन गरि नगरायणी नगरपालिकाको पर्साढापमा शिवालय नगरपार्क सुधार गर्दे अभियान सुरु गरेको सुवेदीले बताए ।
नगरपालिकामा १ सय ९५ वटा टोल विकास संस्था गठन गरि ४ वडा र ४ वडा विद्यालयलाई छिटै वातावरणमैत्री वडा र विद्यालय घोषणको तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाका ईन्जिनयर सन्तोष पाण्डेले जानकारी दिए ।
जारी भुकम्प र नाकावन्दीले गर्दा १० प्रतिशत मात्रै काम गर्न सकिएको नगरपालिकाले जनाएको छ । यसैविच सोही अभियान अन्र्तगत नगरवासी सबैलाई स्थानिय विकास मन्त्रालय वातारण शाखाका प्रमुख चक्रपणी शर्माले प्रशिक्षण दिएका छन् । नगरपालिकाकाले कायम गरेको ६ वटा सूचकहरु भित्र रहेर उनले घर, गाउं, टोल, वडा र सबै कसरी वातावरणमैत्री राख्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण गराएका थिए । नगरपालिकाका कार्यकारी अधिकृत रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनैतिक दलदेखि सर्वसाधारणहरुको सहभागी थियो ।