चितवनमा भाटभटेनीको नयाँ बिक्री केन्द्र बैशाख ११ गतेदेखि (तस्वीरसहित)

राजेन्द्र आचार्य
चितवन, २७ चैत । चितवनमा आउने पर्यटक र चितवने ग्राहकलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केटले जिल्ला सदरमुकाम भरतपुर ओरालो सुविधासम्पन्न बिक्रीकेन्द्र संचालनमा ल्याउने भएको छ । राजधानी काठटमाडौं हुदै पोखरामा मात्र सिमित रहेको भाटभटेनीले आफ्नै सुविधा सम्पन्न कम्पेलसबाट बैशाखको ११ गते देखि शुभाम्भर गर्ने गरि संचालनमा आउन लागेको हो ।20160421_163223
भाटभटेनीले यसअघि काठमाडौं उपत्यकाभित्र भाटभटेनी, महाराजगंज, चुच्चेपाटी, कोटेश्वर र पूल्चोक सहित पोखरामा बिक्रीकेन्द्र बिस्तार गरिसकेको छ ।
’प्रोडक्ट अफ चितवन, प्राईड अफ नेपाल’ भन्ने मुल नाराका साथ यहाँ सेवा संचालन गरेको यस स्टोरले घरेलु एवं स्थानीय उत्पादनलाई प्राथमिकता दिनुका साथै अन्र्तराष्ट्रिय गुणस्तरका आयातित सामग्री पनि बिक्री गर्ने भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले जानकारी दिए ।
सुपरस्टोरमा चितवन र आसपासका क्षेत्रमा उत्पादित दैनिक उपभोग्य बस्तु सहित तयारी पोशाक, खेलौना, विद्युतीय उपकरण सहित मनोरञ्जनका लागि बच्चाका खेलौना, रेष्टुँरा लगायतको सुविधा रहेको उनले बताए ।20160421_164506

’बिक्रीकेन्द्रमा आएका ग्राहकलाई सबैखाले सामान एकैठाउँबाट उपलब्ध गराउने प्रयास गर्नेछौ, कुनैपनि ग्राहक सामान नपाएर फर्किन नपरोस’गुरुङले भने, ’स्थानीय उत्पादनदेखि अन्तराष्ट्रियस्तरका सबै सामान हामीले उपलब्ध गराउनेछौ।’ स्थानीय गृहिणीले कुटिर उद्योगमा उत्पादन गरेका सामग्री समेत यहाँ पाईनेछन’ उनले भने ।
सुपरमार्केटबाट आएको आम्दानीको केही प्रतिशत रकम सामाजिक कार्यमा समेत लगानी गर्दै आएको उनले बताए । साथै हरेक वर्ष दुर्गम स्थानका २ जना विद्यार्थीहरुलाई निःशुल्क एमबिबिएस डाक्टर पढाउने व्यवस्था गर्दै आएको उनको दावी छ । एकै ठाउँमा नुनदेखी सुनसम्म भन्ने नारासहित स्थापना गरिएको भाटभटेनी सुपरमार्केटमा सुभारम्भको अवसरमा रेडिमेड कपडाहरुमा १० प्रतिशत र विभिन्न ब्राण्डका मदिराहरुमा ५ प्रतिशत छुट दिने योजना रहेको उनको भनाई छ ।20160421_164645
काठमाडौंकै दररेटमा चितवनका ग्राहकले यो स्टोरबाट सामग्री खरिद गर्न पाउने गुरुङले जानकारी दिए। ’हामीले ’रिजनेवल’ मुल्यमा सामग्री उपलब्ध गराउँछौ, पोखराका उपभोक्ताले काठमाडौंकै मुल्यमा सामान पाउनेछन्’ उनले भने, ’पोखरा भन्दैमा ग्राहकले बढि मुल्य तिर्नुपर्ने छैन ।’
कम आयश्रोत हुने नागरिकले पनि भाटभटेनीमा गएर सामान किन्न सक्ने गरि हामीले यहाँ सेवा दिनेछौ’ उनले भने, ’त्यसो भयो भने मात्र हामी सफल भएको ठान्नेछौ ।’20160421_165010
पछिल्लो समय उपभोक्ताले राम्रो, सफा, व्यवस्थित र सुविधाजनक ठाउँमा बजार गर्न रुचाउन थालेकोले चितवनमा सुविधासम्पन्न व्यापारीकस्थलको खाँचो देखेर नै भाटभटेनीलाई चितवनसम्म बिस्तार गरेका गुरुङले बताए ।
चितवनमा विदेशी पर्यटक आउने भएकोले उनीहरुको घुम्ने र बजार गर्ने स्थलको रुपमा पनि यसलाई विकास गर्न खोजेको उनले बताए ।
चितवन आएका विदेशी पर्यटकले आधा दिन समय भाटभटेनीमा मार्केटिङ गरेर र घुमेर बिताउन भन्ने हाम्रो चाहना हो’ उनले भने, ’यसले गर्दा विदेशी पर्यटकको चितवन बसाई अवधि पनि लम्बिन सक्छ ।20160421_165016
गुणस्तरीय सामान किन्न पर्यटक राजधानीसम्म पुग्नुपर्ने छैन ।’ उनले सबैको आकर्षण र चितवने ग्राहकको मन जित्ने दावी गरे ।
करिब ७५ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न बिक्री केन्द्र बनाईएको छ । यसमा हाल स्थानीय २ सय जना र त्यत्तिनै संख्यामा काठमाडौंबाट ल्याइएका कर्मचारी छन् । 20160421_172534
चितवनको यो बिक्रीकेन्द्रमा करिब तीनसयलाई प्रत्यक्ष रोजगारी दिने गुरुङले जानकारी दिए ।
पछिल्लो समय ग्राकहरुको बजारप्रतिको मोह देखेर देशका अन्य मूख्य सहरमा पनि भाटभटेनीको सेवा बिस्तार गर्ने योजना रहेको गुरुङले सुनाए ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आगामी १५ वर्ष भित्र करिब ५० हजारलाई रोजगारी दिने योजनामा कम्पनी छ । भाटभटेनीमा अहिलेसम्म करिब २ हजार जनाले प्रत्यक्ष रोजगारी पाईसकेका छन् ।
२८ वर्षअघि सानो व्यापारबाट सुरु भएको भाटभटेनी वर्षमा ठूलो कारोवार गर्ने व्यापारिक प्रतिष्ठानको रुपमा चिनिएको छ ।

Leave a Reply

Your email address will not be published.