१३ बर्षीया बालिकालाई बलात्कार गर्ने तीनै जना पक्राउ

नवलपरासी, ७ बैशाख । नवलपरासीको कावासोतीका १३ बर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने मध्येका मुख्य योजनाकार कृष्ण महतो, विनोद गुरुङ र केशव थापा गरी तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ।
३ जना मध्ये एक जनालाई गत शुक्रबार दिउंसो विराटनगरबाट, एक जनालाई सोमबार कावासोतीको थकाली चोकबाट र एक जनालाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय नवलपुरबाट गएको प्रहरीको टोलीले विशेष अपरेशनको क्रममा कावासोती १३ लौखानीका कृष्ण महतोलाई मोरड्डको विराटनगरबाट शुक्रबार दिउंसो पक्राउ गरेको थियो ।baltakar
केशव थापालाई मंगलबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेपछि तीनै जना पक्राउ परेका हुन्। उनलाई काठमाडौंको कलंकीबाट प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बताए। थापालाई मंगलबार नै कावासोती ल्याइएको छ।
गत चैत्र १८ गते सांझ १३ बर्षीया बालिकालाई ३ जनाको समूहले सामुहिक रुपमा बलात्कार गरेको थियो।
बलात्कारको घटनाको अभियुक्तहरु विरुद्ध बालिकाका आफन्तले किटानी जाहेरी दिएका दुई साता वित्दा समेत पक्राउ गर्न नसकेको भन्दै प्रहरीको व्यापक आलोचना भएको थियो।
महिला अधिकारकर्मी, आफन्त, स्थानीय बासिन्दा, बालअधिकारकर्मी लगायतले दिनहुँ जसो आन्दोलन समेत गरेका थिए।
ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक ओमप्रसाद चौधरीले दिएको जानकारी अनुसार २७ वर्षका विनोद गुरुङगलाई कावासोतीको थकाली चोकबाट पक्राउ गरिएको हो। उनी घर आएको र लुकीछिपी बसेको भन्ने सूचनामा प्रहरीले थकालीचोकमा हिडिरहेको अवस्थामा पक्राउ गर मुद्धा दर्ता गरेर जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाएको छ। यस अघि कृष्ण महतोलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो ।
गत चैत्र १८ गते साझ कावासोतीकी १३ वर्षया वबलिकालाई ३ जनाले सामुहिक बलात्कार गरेर फरार भएका थिए।
तीन जनालाई प्रहरीले तीन छुट्टा छ्ट्टै स्थानबाट पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published.