दुई पेट्रोल पम्पलाई कालाबजार अन्तर्गत मुद्दा

चितवन, ७ वैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले दुई वटा पेट्रोल पम्पहरुलाई कालाबजारी अन्तर्गत मुद्दा दर्ता गरेको छ । भरतपुर ११ गोन्द्राङमा रहेको अवतार इन्टरप्राइजेज र नारायणगढको लायन्सचोकमा रहेको शुभ पेट्रो ल्याण्डका विरुद्ध मंगलबार मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त बहादुर कुँवरले जानकारी दिए ।
प्रहरीले अवतार पेट्रोल पम्पका कर्मचारी अजय पावे र शुभ पेट्रो ल्याण्डका कर्मचारी मुक्ति सुवेदीलाई पक्राउ गरी कालो बजारी तथा अन्य केही सामाजिक अपराध र सजायँ ऐन २०३२ अन्तर्गते मुद्दा दर्ता गरि अनुसन्धान प्रकृया अगाडि बढाएको कुँवरले बताए ।Still0419_00001 सोमबार भएको अनुगमनका क्रममा प्रहरीले अवतार पेट्रोल पम्पबाट दुई सय लिटर पेट्रोल र शुभ पेट्रोल्याण्डबाट सय लिटर पेट्रोल बरामद गरेको थियो । नियमित वितरण गर्नुपर्ने पेट्रोल सकिएको भन्दै उनीहरुले कालो बजारी गर्ने उद्देश्यले राखेको कारण मुद्दा चलाइएको कुँवरको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माले दिएको जानकारी अनुसार भरतपुर क्षेत्रका पेट्रोल पम्पहरुमा पेट्रोल कालाबजारी भएको जन गुनासो आएपछि अनुगमन थालिएको थियो । अवतार पेट्रोल पम्पले पेट्रोल सकिएको भन्दै सर्वसाधारणलाई पेट्रोल बिक्री नगरी स्टक राखेको पाइएको शर्माले जानकारी दिए । त्यसैगरी, शुभ पेट्रोल्याण्डमा जर्किनमा पेट्रोल भरेर राखेको अवस्थामा भेटिएको शर्माले बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहको अध्यक्षतामा जिल्लाका प्रहरी प्रमुख, अनुसन्धान प्रमुख, उपभोक्ता संरक्षण मञ्चका पदाधिकारीसहितको टोलीले सोमबार पेट्रोल पम्प अनुगमन गरेको थियो । टोलीले नारायणगढ र भरतपुरका विभिन्न ६ वटा पेट्रोल पम्पको अनुगमन गरेकोमा दुई वटा बाहेक अन्यले कालो बजारी नगरेको पाइएको बजार संरक्षण अधिकृत ओम नारायण शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.