दारेचोकमा असिना पानीले करोडौको सुन्तला तथा तरकारी बाली नष्ट

हिरालाल गुरुङ्ग
चितवन, ०७ बैशाख । चितवनको पहाडी गाविस दारेचोकमासोमबार साझ परेको असिना पानीले करौडौको फलफुल तथा तरकारी बाली र मकै नष्ट गरेको छ । asina-pani-deupur
करिब दुई घण्टा लगातार परेको असिनाले दारेचोकका वडा १ न २ ५ र ६ मा किसानहरुले लगाएको करोडौको सुन्तला र लाखौको तरकारी बाली र मकै नष्ट भएको हो ।

बेच्न लैजाने बेला भएको काउली, बन्दा, टमाटर, गाजर, खुर्सानी, घिरौला, करेला, काक्रा, खुर्सानी, भण्टा, लगायतका तरकारी पूर्ण रुपमा सखाप भएकोस्थानियले बताए । ‘

खाद्यान्न बाली छाडेर सवगत लोमो समय वर्षदेखि यहाका किसानले व्यावसायिक रुपमा सन्तला र तरकारी खेती गर्दै आएका थिए । सुन्तला र तरकारीलाई असिनाले नष्ट पारेपछि किसानले राहतको माग गरेका छन् ।

अहिले अझै कहा कति क्षति पुगेको छ भन्ने विवरण संकलन कार्य भईरहेको माझ गाउ माविका शिक्षक कमल गुरुङले जानकारी दिए ।
चितवनको पहाडी गाविस दारेचोकका किसानहरुको मुख्य आम्दानीको श्रोत सुन्तला तथा तरकारी खेती हो । असिना पानीले खेती नष्ट गरेपछि उनीहरु चिन्तित बनेका छन् ।

Leave a Reply

Your email address will not be published.