सडक दुर्घटनामा ५४ को मृत्यु

चितवन, ०७ बैशाख । । चितवनमा चालु आर्थिक वर्ष २०७२÷७३को नौ महिनामा सवारी दुर्घटनामा परी ५४ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार २०७२ साउन देखि चैत मसान्तसम्ममा जिल्लामा विभिन्न समयमा भएका दुर्घटनाबाट उनीहरुको ज्यान गएको हो । ज्यान गुमाउनेहरुमा ३९ जना पुरुष, नौ जना महिला, दुई जना बालक र चार जना बालिका रहेका छन् ।
सबै भन्दा बढि कात्तिक महिनामा दुर्घटनामा परी १० जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । यसैगरी पछिल्लो नौ महिनामा ८२ जना सख्त घाईते र एक सय १० जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।  नमस्ते बिहानी पत्रिकाबाट 

Leave a Reply

Your email address will not be published.