पूर्व सडक बालकलाई घर

चितवन, ०७ बैशाख । पूर्व सडक बालबालिकाहरुलाई सामुहिक रुपमा आवास गृहमा प्रवेश गराइएको छ । गत मंसिरदेखि सुधार गृहमा राखिएका पूर्व सडक बालबालिकाहरुलाई आवास गृह प्रवेश गराइएको हो । 12998704_754123781356520_6806151689018756984_n
बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपालले पूर्व सडक बालबालिकाहरुलाई भरतपुर उपमहानगरपालिका वडा नम्बर १३ आनन्दपुरको राष्ट्रिय प्राथमिक विद्यालयमा गृह प्रवेश गराइएकोजिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त कुवंरले जानकारी दिए । पूर्व सडक बालबालिकाहरुलाई चितवन र नवलपरासीका विभिन्न आठ वटा सुधार केन्द्रहरुमा राखिएको थियो । एक जना बालिका सहित ४० जना पूर्व सडक बालबालिकाहरु रहेको भएपनि उक्त गृहमा ३९ जना पूर्व सडक बालकहरु राखिएको छ ।

एक जना बालिकालाई अन्य ठाउँमा व्यवस्था गरिने बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपालका अध्यक्ष बेलबहादुर गुरुङले बताए । सामुहिक आवास गृहमा लगिएका बालकहरुलाई औपचारिक र अनौपचारिक शिक्षा प्रदान गरिने बताइएको छ । उनीहरुलाई शिक्षा प्रदान गरेपछि इच्छा अनुसारको सीप सिकाएर समाजमा पुनस्र्थापना गर्नु अहिलेको चुनौती समेत रहेको छ ।
उक्त गृहको उद्घाटन मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले गरेका हुन् । कार्यक्रममा उपाध्यायले सडक बालबालिकालाई समाजमा पुनस्र्थापना गर्ने उद्देश्यले आवास गृहमा राखिनु देशकै लागि उदाहरणीय काम भएको बताए । समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि बालबालिकालाई ध्यान दिनुपर्ने उपाध्यायले बताए । ggg
कार्यक्रममा चितवनका जिल्ला न्यायाधीश टेकबहादुर कुँवरले बालबालिकाहरु पछिल्लो समय लागु औषधका दुव्र्यसनी र यौनजन्य हिंसाका घटनाहरुमा पीडित र पीडक बनेको मुद्दाहरु अदालतमा आउने गरेको कुँवरले बताए । कार्यक्रममा बालबालिकाका लागि प्रहरी नागरिक अभियानका परिकल्पनाकार प्रहरी नायब उपरीक्षक राजन अधिकारीले सडक बालबालिकाहरु लागु पदार्थ सेवन गर्दै झगडा गर्दै हिडेका कारण आफूले उनीहरुलाई सुधार गर्नको लागि अभियान चलाएको बताए । नमस्ते बिहानी पत्रिकाबाट 

Leave a Reply

Your email address will not be published.