खनाल नेतृत्व नेबिस संघद्धारा स्थापना दिवस स्टेशनरी वितरण

चितवन, ०६ बैशाख । नेपाल विद्यार्थी संघ, चितवनद्वारा संघको ४६ औं स्थापना दिवसको अवसर पारेर भरतपुर को “छोरीहरुको सम्भावनाको खोजी साहाराको घर” मा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको ।

नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष अरुणेश्वर खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि4ad5bd33-15c3-421e-bc26-c7bedf7b44a5 नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य निर्मल पौडेल रहेका थिए । भने विशिष्ठ अतिथिमा छोरीहरुको सम्भावनाको खोजी साहाराको घरकी सञ्चालिका स्वस्तीका तिवारी रहेकी थिईन् ।

कार्यक्रममा घरका छोरीहरुलाई आवश्यक पर्ने स्टेनशरी र नगद सहयोग गरिएको स.घका सचिव प्रदीप अधिकारीले जानकारी दिए । सो कार्यक्रममा नेपाल विद्यार्थी संघ पोलिटेक्नीक का इकाई सचिव सन्नी पाठक र सुमन सिग्देले सो साहारा घरको लागि नगद सहयोग समेत प्रदान गरेका थिए ।

कार्यक्रममा साहारा घरको सहायक व्यवस्थापक सोनी साहारा नेपाल विद्यार्थी संघ चितवनका सचिव बसन्त ढकाल, उपाध्यक्ष गोविन्द अधिकारी, तरुण दल भरतपुर उप–महानगरका कार्यबाहक अध्यक्ष निर्मल कुमार राना, नेपाल विद्यार्थी संघ बालकुमारी कलेजका इकाई अध्यक्ष सुमन सिग्देल, सप्तगण्डकीका इकाई अध्यक्ष कृष्ण बगाले, पोलिटेक्नीकका इकाई अध्यक्ष नन्दु खत्री, नेपाल विद्यार्थी संघ क्षेत्र नं. ३ का सभापती जनकराज घिमिरे, साहारा घरकी विद्यार्थी आरजु साहारा लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.