सुकिला किसान बनाउँछौं : कृषि मन्त्री गजुरेल

राजेन्द्र न्यौपाने
गोरखा, ०६ बैशाख । कृषि विकास मन्त्री हरीबोल गजुरेलले देशमा सुकिला किसान बनाउने बताएका छन् । गोरखा जिल्लामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले विहान सुकिला कपडा लगाएर कृषि फर्ममा जाने र बुलेका फर्कदा पनि सुकिला कपडा लगाएर घर फर्कने किसानको विकास गर्न मन्त्रालय लागि परेको उनले बताएका हुन् ।
वैदेशिक रोजगारमा कडा परिश्रम गर्ने हाम्रा नागरिकहरुले आफ्नै देशको कृषि फर्ममा काम गरेर बचेको समयमा घरको कामबाट उत्तिकै आम्दानी गर्न सक्ने उनले बताए ।haribol-gajurel_20150203090010 किसानहरुलाई पेन्सन दिने, युवाहरुलाई कृषि फर्मको काममा लगाउने लगायतका प्रस्ताव सबै पक्षसँग परामर्श गरी पेश गरिएको बताए । किसानहरुले पेन्सन कहिले पाउँछन् भन्ने प्रश्नमा नेता गजूरेलले किसानहरुले आफ्नो आम्दानीको पाँच प्रतिशत जम्मा गर्दै जाने र १५ वर्षपछि उसलाई पेन्सन दिने व्यवस्था राज्यले गर्ने प्रस्ताव पेश गरिएको बताए । नेता गजूरेलले मुलुकको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डताको रक्षाका लागि सबै पक्ष एक हुनुपर्नेमा जोड दिए । संविधानको कार्यान्वयन मूख्य चुनौती रहेकाले सबै मिलेर अघि बढ्नुपर्ने उनले बताए ।
भूकम्प गएको वर्ष दिन पुग्दा पनि नीजि तथा सार्वजनिक आवास भवनहरु निर्माण हुन नसकेको र संविधान कार्यन्वयनमा समेत बाधा अवरोध भईरहेकाले सबै संयमित भएर जानुपर्ने उनको भनाई छ । भूकम्प गएको एक वर्ष भैसक्दा पनि केही गर्न नसकेको भन्दै संविधान कार्यान्वयनमा भाँजो हाल्न नेपालको हित नचाहनेहरु लागि परेको उनले बताए ।
यसैवीच नेता गजूरेलले आजै जिल्ला कृषि विकास कार्यालय गोरखाको अनुगमन गरी निर्देशन दिएका छन् । कृषिको विकास विना देशको विकास हुँदैन भन्ने नेताहरु नै कृषिमा लगानि बढाउन तयार नभएको बताउँदै कृषि र सिकान भाषण गर्ने मन्त्र भएको उनको भनाई छ । भाषणमा जसरी व्यवहारीक रुपमा लगानी बढाई काम गर्नुपर्ने उनले बताएका छन् ।
जिल्ला स्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै जनताका काम चुस्तदुरुस्त र छिटोछरितो गर्न सुझाएका छन् । प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जिल्लाको अवस्थाका बारेमा जानकारी दिँदै दिदैं नीजि आवास निर्माण र खानेपानी समस्या जिल्लाको मुख्य चुनौती रहेको बताए थिए ।
गोरखा जिल्लाको विकट भौगोलिक अवस्थाका कारण सबै क्षेत्रमा सुशासन कायम गर्न नसकिएको, प्राविधिक तथा गाविस सचिवहरुको संख्या दरबन्दी अनुसार नभएको उनले बताएका छन् ।
भूकम्प प्रभावित नागरिकहरुले आफ्ना भत्केका घरका काठ बाहिर लैजान पाउने समय दुई महिना थप गर्न र नीजि आवास निर्माणका लागि काठको व्यवस्था गर्न समेत कार्यलय प्रमुखहरुले आग्रह गरेका छन् । यसैवीच काठको आवश्यकता पूर्ती गर्न गोरखा र धादिङका बुढी गण्डकी डुवान क्षेत्रमा पर्ने जंगलको समेत प्रयोग गर्न सक्ने आधार तय गर्न समेत मन्त्री गजुरेललाई सुझाएका छन् ।

Leave a Reply

Your email address will not be published.