आगलागीबाट दुई लाखको क्षति

नवलपरासी, ६ वैशाख । नवलपरासीको परासीस्थित एक घरमा आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रामग्राम नगरपालिका–२ स्थित बैंक टोल स्थानीय सेठ गुप्ताको स्टोर कोठामा भएको आगलागीबाट कोठामा रहेको सो मूल्य बराबरको सबै मालसामान जलेर नष्ट भएको हो ।
यस्तै स्टोर कोठामा लागेको आगो छिमेकी मुन्द्रिका प्रसादको भान्सामा सल्किँदा भान्सामा भएका सामानमा पनि क्षति पुगेको प्रहरीले बताएको छ । आगो के कारणले लाग्यो भन्ने खुल्न सकेको छैन । आगो प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।