भुवनवस्तीबाट ४ सय ६७ वटा पशुहरु लाभान्वित

सरोज आचार्य
चितवन, ०५ बैशाख । पश्चिम चितवनको गुञ्जनगरको भुवनवस्तीमा गरिएको पशु शिविरबाट ४ सय ६७ वटा पशुहरु लाभान्वित भएका छन् ।
जिल्ला पशु सेवा कार्यालय चितवनको बार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको शिविरमा ३ सय ५२ वटा बाख्रा र गाईभैसी १ सय ३५ वटाका पशुहरुको पशु चिकित्सकहरु डा.रामकुमार कार्की, अर्जुन प्रसाद थपलिया र रुद्रकुमार श्रेष्ठ चेकजाचं गरेका थिए ।
शिविरमा बाख्राहरुलाई पिपिआर खोप लाईयो र गर्भपरिक्षणसगै निशुल्क औषधी वितरण समेत गरिएको पशु कार्यालय चितवनका वरिष्ठ पशु चिकित्सक डा. रामकुमार कार्कीले जानकारी दिए ।IMG_2880 IMG_2872 - Copy
साथै सो क्षेत्रका अधिकांश पशुहरुमा बाझोपनको समस्या, चुकानाम्ले देखिएको र चर्म रोगको समस्या देखा परेको उनले बताए ।
भुवनवस्ती महिला सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न शिविरमा पशु विकास अधिकृत रुद्रकुमार श्रेष्ठ, डोलराज गैरे लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.