सेना परिचालन गरेर टिकौली राजमार्गलाई सरसफाई बनाउन संरक्षणकर्मीको सुझाव (तस्वीरसहित)

राजेन्द्र आचार्य
टिकौली, ०५ बैशाख । निकुञ्ज, मध्यवर्ती र वरण्डाभार क्षेत्रमा पर्ने राजमार्गहरुमा सेना परिचालन गरेर सरसफाई युक्त बनाउन संरक्षणकर्मीहरुले सुझाव दिएका छन् । sarasafahe
२१ औं वन्यजन्तु सप्ताह–२०७२ को अवसरमा टिकौली स्थित राजमार्गमा सरसफाई गर्दै जिल्लाका अगुवा संरक्षणमर्कीहरुले बताएका हुन् ।
उनीहरुले विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगतको टिकौली जंगल क्षेत्रमा पटक–पटक स्थानियस्तरबाट सरसफाईका पहल गरे पनि सर्वसाधारण र राजमार्गमा हिड्नेहरुले वेवास्ता गरेको भन्दै सरफाई युक्र बनाउन सेना परिचालन गर्न सुझाव दिएका हुन् । sasafahe 2
सो अवसरमा प्लाष्टिकजन्य, अस्पताल जन्य फोहरहरु जथाभावी फालेको पाईएको भन्दै जौविक संरक्षणका लागि राजमार्ग क्षेत्रमा सेना परिचालन गरि पूर्ण सरसफाई युक्त बनाउन उनीहरुको माग थियो ।
टिकौली राजमार्गमा वन्यजन्तुको कोरिडोर भएको भन्दै सवारी चाप समेतबढी जहापाए त्यही सवारी रोखि फोहरसमेत भएको सेना राख्दा संरक्षण उपयोगी हुने टिकौली मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष समर मल्लले धारण राखे ।
हेर्नुस् यहां त हरेक समय–समयमा सरफाई हुन्छ–वनदेवी वरणडाभार सामुदयिक वनका अध्यक्ष पूर्णबहादुर रानाभाटले भने बर्दीया र बाकेमा जस्तै सफा राख्ने सेना परिचालन उपयुक्त हो ।
जिल्ला वन कार्यालय र पञ्चकन्या सामुदायिक वन र टिकौली मध्यवर्ती सामुदायिक वनले नै वन हेरालु राखे पनि रातको समय बढी फोहर फाल्दा प्लाष्टिक जन्य र अन्य फोहरहरु अयाधिक मात्रामा बढेको पञ्चकन्या वनका अध्यक्ष रामबाबु श्रेष्ठले बताए ।
सरसफाई कार्यक्रममा सहभागी हुदै जिल्ला वन कार्यालय चितवनका प्रमुख गणश रायले सेना परिचालन कै कारण निकुञ्जले शुन्य चोरीशिकार बर्ष मनाएको भन्दै मध्यवर्ती क्षेत्रका राजमार्ग १ बर्ष जति सेना परिचालन गरि सरसफाईको सिष्टम बसाउनुपर्ने धरण राखे  ।sasafai he 4 sasafahe 3
सो अवसरमा बोल्दै चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेलले छिटै निकुञ्जले प्लाष्टिक जन्य बस्तु निकुञ्जमा प्रवेश निषेध गर्ने तयारी रहेको बताए । उनले निकुञ्जले मात्रै यस्ता कार्यमा पहल गरेर नहुने भन्दै सबैलाई सहकार्य गर्न आग्रह गरे । उनले यि फोहरले गर्दा जनाबरलाई प्रतिकुल असर परेको बताए ।
सरसफाई गर्दा सबैभन्दा धेरै अस्पतालजन्य फोहरहरु पाईएको र ३ ट्याक्टर फोहर संकलन गरिएको टिकौली वनका कार्यालय सचिव कृष्णप्रसाद आचायले जानकारी दिए ।
कार्यक्रममा निकुञ्जसगै, जिल्ला वन कार्यालय चितवन, श्रीजंग गण कसरा, टिकौली, पञ्चकन्या र वरणभार वन, रत्ननगर नगरपालिका, नेपाल प्रहरी, मृगकुञ्ज उपभोक्ता समिति, स्थानिय टोल विकास संस्था र स्थानिय जनताहरुको सहभागी  थियो । भने आजनै निकुञ्जको जीप सफारी मार्ग समेत सरसफाई गरिएको छ ।

Leave a Reply

Your email address will not be published.