राजनितिक स्थिरता ल्याउन कटिवद्ध : नेता सिहं

 

राजेन्द्र आचार्य
चितवन, ०५ बैशाख । नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रकाशमान सिंहले राजनितिक स्थिरता ल्याउन कटिवद्ध रहेको दावी गरेका छन् । संविधान काग्रेसले नै ल्याएको हो–उनले भने कार्यान्वयन पनि काग्रेसले नै गर्ने भन्दै अहिले जारी राजनितकि समस्या हल गर्न पछी हट्दैनौं । com
नेपाली काग्रेस भरतपुर नगर समितिले यहां आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता सिंहले वार्ताको माध्यमबाट छिटै काग्रेसले नै जारी समस्या हल गर्ने स्पष्ट पारे । prakasha mana shog
हामी संविधान कार्यान्वन गर्न अघि बढिसकेका छौ कार्यकर्ता माझ निकै जोशिलो पारमा उनले भने–विभिन्न बाधा र अड्कन हटाउन अब सबै दलहरु मिल्नु विकल्प समेत छैन् ।
उनले काग्रेसले मुल्य र मान्यताको राजनितिलाई ह्रास आउन नदिने भन्दै काग्रेस भित्र गुटबन्दी गर्न कार्यकर्ताहरु नै चनाखो बन्नुपर्नेमा जोड दिए ।
नेपाली काग्रेसले चितवनले हालै मात्रै वातावरण मैत्री मुलुक निर्माणका लागि खादाको प्रयोग नगर्ने घोषण काग्रेसकै लागि मात्रै नमुना नभई देशकै लागि नमुना बन्ने विश्वास समेत व्यक्त गरे । उनले आफ्नो निति र कार्यक्रमहरु कार्यकर्ता माझमा लैजान विभिन्न प्रशिक्षण गर्न जिल्ला पार्टीलाई निर्देशन समेत दिए । कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष जीतनारायण श्रेष्ठ, नगर सभापति भरत सुवेदी लगायतले बालेका थिए ।