नवलपरासीमा सवारी दुर्घटना,१३ जना घाईते

नवलपरासी, वैशाख ५ । नवलपरासीमा सवारी दुर्घटना हुँदा १३ जना भाईते भएका छन् ।Nawalparasi map

पश्चिमबाट पूर्वतर्फ गईरहेको ना ५ ख ४८९२ नम्बरको बस ब्रेक फेल भई कावासोती नगरपालिका–१६ स्थित पुरानो कावासोती चोकमा आईतबार (आज) विहान ३ बजेको समयमा पल्टिदा १३ जना घाईते भएका हुन् । ४५ जना सवार उक्त बसमा १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

घाईते मध्य ४ जनाको अवस्था गम्भिर र ९ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । उनिहरुको मध्यविन्दु अस्पताल डन्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

.