कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको आज साक्षी बकपत्र

चितवन, वैशाख ५ । कृष्ण अधिकारी हत्या प्रकरणका साक्षीहरुको बकपत्र आज चितवन जिल्ला अदालतमा हुदैंछ  अदालतमा ६ जना साक्षीले घटनाबारे बकपत्र गर्ने भएका छन् ।बकपत्रपछि मुद्धा पेशीमा जानेछ । chitwan-jilla-adalat

त्यसपछि मुद्धाको फैसला हुनेछ । गोरखा फुजेलका अधिकारी हत्या काण्डका साक्षीको बकपत्र हुने भएपछि मानवअधिकार रक्षकहरुले बकपत्रमा सहभागि हुन आउने साक्षीहरुको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् । गत  पुस ६ गते सर्वोच्च अदालतले घटनाका मुख्य  आरोपी भनिएका छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामै राखि अनुसन्धान गर्न आदेश दिएपनि उनी प्रकाउ परेका छैनन् ।

जिल्ला अदालत चितवनको ०७१ बैशाख ४ गतेको आदेशले आरोपितमध्ये ७ जना धरौटीमा छुटे भने बाकी शुद्ध तारेखमा छुटेका छन् । पुनरावेदन अदालतले गत असार ४ गते जिल्ला अदालतको आदेश सदर गरेको थियो ।

आरोपित अहिले पनि जिल्ला अदालतमा तारेखमा छन् । छोराका हत्या भएको भन्दै बाबु नन्दप्रसाद अधिकारीले ०६१ जेठ२४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।

१८ बर्षीय कृष्णप्रसाद अधिकारीलाई ०६१ जेठ २४ गते तत्कालिन नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरि हत्या गरेका थिए । न्यायकै माग अनसनमा बसेका बाबु नन्दप्रसादको मृत्यु भइसकेको छ भने आमा गंगामाया अझै अनसनमा छिन् ।

Leave a Reply

Your email address will not be published.