काँग्रेस चितवनको खादा प्रयोग नगर्न सवैमा अपिल

चितवन, ०४ बैशाख । नेपाली काँग्रेस चितवनले सभा सम्मेलन र स्वागत सत्कारमा अधिकतम प्रयोग हुदै आएको प्लास्टिक बाट निर्मित टल्कने खादा प्रयोग नगर्ने भएको छ । जिल्ला सभापति जितनारायण श्रेष्ठ द्धारा आज जारी विज्ञप्तिमा खनेर पुर्दा माटोको गुणस्तर विगार्ने र उत्पादनमा कमि ल्याउने, जलाउँदा मानव स्वास्थ्यका लागि प्रतिकुल ग्यास उत्पादन गर्ने र ढल सहित अन्य क्षेत्रमा जम्मा हुँदा पानी थुनिने र समस्या उत्पन्न हुने हुँदा यस्ता वाह्य उत्पादन प्रयोग नगर्न पार्टीका सवै निकायमा आवहान गरीएको छ ।
माटोमा पुर्दा कहिल्यै नकुहुने हुँदा यसबाट प्रत्यक्ष रुपमा कृषि कर्मममा लागेकाहरु प्रभावित भएको र यसकै नाममा ठूलो रकम वाहिर गएको भन्दै विज्ञप्तिमा स्वागत सत्कारका लागि विकल्पका रुपमा फुल, माला, वर पिपलका पात, गम्छा जस्ता वस्तु प्रयोग गर्न सकिने उल्लेख गरीएको छ । सके सम्म स्वदेशी उत्पादनलाई प्रयोगमा ल्याउन पनि नेपाली काँग्रेस चितवनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.