राप्ती नदीमा अत्याधिक मात्रामा प्लाष्टिकजन्य फोहर बढी (फोटो फिचरसहित)

राजेन्द्र आचार्य/ किशोर रिजाल
चितवन, ०४ बैशाख । चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्ने राप्ती नदीमा अत्याधिक मात्रामा प्लाष्टिकजन्य फोहर बढी गरेको पाईएको छ ।
पर्यटकीय नगरी सौराहाबाट नदीमा बढी मात्रामा प्लाष्टिकजन्य पानीको बोत्तल, ड्राई फुडका प्याकेटहरु पाईएको छ । जुन वन्यजन्तुका लागि हानिकार मानिन्छ ।
सौराहा पर्यटकीय क्षेत्र भएपनि सरकारले नै प्लाष्टिकजन्य वस्तु रोक लगाउने तयारी भईरहदा २१ औ वन्यजन्तु सप्ताहको अवसरमा गरिएको सरसफाईमा यस्तो फोहर बढी भएको पाईएको हो । यस बर्ष वन्यजन्तुको भविष्य हाम्रो हातमा भन्ने नारासहित गएको १ देखि आगामी ७ गते सम्म विभिन्न कार्यक्रम गरि मनाईदै छ ।
वन्यजन्तु संरक्षण समाज र क्षेत्रिय होटल संघको आयोजना र चितवन राष्ट्रिय निकुञ्ज, श्रीजंग गण, रेवान सौराहा, बाघमारा र चित्रसेन वनको सहकार्यमा गरिएको सरसफाईमा सहभागी हुदै अगुवा संरक्षणकर्मीहरुले राप्ती नदीमा अत्याधिक मात्रामा फोहर फालिएको भन्दै सेना परिचालन गर्न सुझाव दिए ।
विश्व सम्पदा सूचीमा पर्ने निकुञ्ज भित्र रहेको नदीमा प्लाष्टिकजन्य, अन्य फोहरहरु जथाभावी फाल्दा वन्यजन्तुहरुलाई असर परेको नेचर गाईड जीत बहादुर तामाङ्गले बताए ।
जौविक संरक्षणका लागि सौराहाको राप्ती नदी किनारमा सेना परिचालन गरि पूर्ण सरसफाई युक्त बनाउन माग उनीहरुले निकुञ्जसंग राखेका छन् ।
सो अवसरमा १४ बोरा बढी प्लाष्टिकजन्य फोहरहरु संकलन गरिएको क्षेत्रिय होटल संघका कार्यालय सचिव मनोज सुनारले जानकारी दिए ।
क्षेत्रिय होटल संघका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टको अध्यक्षतामा सम्पन्न सरसफाई कार्यक्रममा रत्ननगर नगरपालिकाका लेखा प्रमुख सिताराम पोख्रेरल, रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्ट, चित्रसेन वनका अध्यक्ष अशोक चौधरी, बाघमारा वनका कोषाध्यक्ष ध्रुव खनाल, क्षेत्रिय होटल संघका निर्वतमान अध्यक्ष नारायण भट्टराई, कोषाध्यक्ष अञ्जन कुमार पाण्डे, महासचिव राममणि खनाल, युनाईटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष दिपक भट्टराई लगायत सहभागी थिए ।
सरसफाई सौराहाको राप्ती नदी ड्याकबाट सुरु भई पटिहानीको घटगाई सम्म गरिएको थियो । वन्यजन्तु सप्ताह अन्र्तगत भोली टिकौली जंगलमा सरसफाई गरिदै छ ।