श्रीयम मसलाको चितवनमा बिक्री सुरु

रत्ननगर ०४ बैशाख । माँ अन्नपूर्ण इण्डष्ट्रिज प्रा.लि.काठमाडौंबाट उत्पादित श्रीयम मसलाका चितवनमा विक्री सूरु गरिएको छ । पश्चिम चितवनमा वि एण्ड वि सप्लायर्स नारायणगढ र पूर्वी चितवनमा प्रभू किराना स्टोर्स पिप्लेबाट बिक्री सुरु गरिएको हो ।shree उद्योगले शनिवार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी मसलाको प्रयोग र यसवाट हुने फाईदाको वारेमा जानकारी गराएको हो । प्रा.लिका अध्यक्ष अमित जटियाले खाना पकाउने क्रममा नुनबहेक अरु सामाग्री मिसाउन नपर्ने स्वदेशी उत्पादन प्रयोग गर्न सुझाब दिए ।

मसलाको नाममा कमसल सामाग्री प्रयोग गरेर उत्पादन गरिएको भारतीय मसलाले मानव स्वास्थ्यमा असर गरेको भन्दै अध्यक्ष जटियाले गुणस्तरीय श्रीयम मसला प्रयोग गर्न आग्रह गरे । उपत्यका सहित चितवन,पोखरा,धनगढी,नेपालगञ्ज,दाङ,वीरगञ्ज,जनकपुर,झापालगायतका सहरहरुमा सो मसलाको विक्री सुरु गरिएको उद्योगले जनाएको छ ।

विदेशी उत्पादनलाई निरुत्साहित गर्दै सस्तो मुल्यमा स्वदेशी उत्पादन उपभोक्ताको घरघरमा पुर्याउने लक्ष्य रहेको अध्यक्ष जटियाको भनाई रहेको छ । उद्योगले हाल २६ प्रकारका मसला उत्पादन गरेको र निकट भविश्यमा ४२ प्रकारका मसला उत्पादन गरेर बजारमा पठाउने योजना रहेको अध्यक्ष जटियाले बताए ।

Leave a Reply

Your email address will not be published.