वन्यजन्तुको सुरक्षाका लागि चितवन निकुञ्जमा सिसि क्यामरा (फोटो फिचरसहित)

राजेन्द्र आचार्य
चितवन, ०४ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा वन वन्यजन्तु सुरक्षार्थ सिसि क्यामरा जडान गरिएको छ ।
लगातार रुपमा दुई बर्ष शुन्य चोरीशिकारी मनाउन सफल भएको पूर्वसन्धामा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीजंग गणको पहलमा वन वन्यजन्तुको सुरक्षार्थ सिसि क्यामरा जडान गरिएको हो ।
विभिन्न तीन पटकसम्म निकुञ्जमा शून्य चोरी–सिकार वर्ष बनाएको र गएको ७१४ दिनदेखि यहाँ कुनै पनि वन्यजन्तु चोरी–सिकारीबाट नमारिएकाले संरक्षणकर्मी उत्साहित भएका छन् ।
निरन्तरता उपलब्धिलाई साथ दिनका लागि चुनौती थपिँदै गएकाले आधुनिक प्रविधिसँगै श्रीजंग गणको पहलमा परिक्षणका लागि निकुञ्जको ५ स्थानमा सिसि क्यामरा जडान गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।
उनले संवेदनशील क्षेत्रमा सिसि क्यामरा मार्फत चौबिसै घण्टा अनुसन्धान तथा अनुगमन गर्ने गरेको यो सफलत निरन्तरता हुने विश्वास व्यक्त गरे । नेपाली सेनाले यो सँगै संरक्षणमा विशेष फोर्स नै परिचालन गर्दै आएको छ ।
वन्यजन्तु सुरक्षाका लागि स्र्माट पोट्रोलिङ्ग, रियल टाईम मोनिटरिङ्ग प्रविधिसगै शुन्य चोरी शिकार बर्षलाई निरन्तरता दिन सिसि क्यामरा जडान गरिएको श्रीजंग गणका गणपति एवं प्रमुख सेनानी माधव थापाले अनलाईन खबरलाई जानकारी दिए ।
निरन्तर दुई बर्ष शुन्य चोरी शिकार बर्ष मनाउन हामी निकै उत्साही छौ– गणपति थापाले भने, वन वन्यजुन्तको सुरक्षालाई थप मजबुद बनाउन हामी सादा कटिवद्ध छौं ।
सिसि क्यामराले गर्दा संवेदनशील घाट तथा नाकाहरुमा को–के गर्दै छन् भनेर निगरानी गर्न भएकोले जुनसुकै समयमा कहां कुन समय के हुन्छ समेत थाहा पाई रियलटाइम गस्ती तथा ¥यापिड रेस्पोन्स टिमसमेत परिचालन गर्न सजिलो भएको श्रीजंग गणले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा ६ सयवटा रहेका छन् । यस्तै, पाटेबाघ १ सय २५ वटा रहेकोे छ ।
विक्रमबाबा मेलामा पनि सिसि क्यामरा
चितवन राष्ट्रिय निकुञ्ज भित्र लाग्ने एक मात्रै मेला विक्रमबाबा मेलामा सुरक्षाका लागि सिसि क्यामरा जडान गरिएको छ ।
वन वन्यजन्तुको अवस्थामा असर नपुगोस भन्ने उद्देश्यले श्रीजंग गणको पहलमा सिसि क्यामरा जडान गरिएको हो ।
मेला भर्न निकै भिड हुन्छ– श्रीजंग गणका गणपति माधव थापाले भने । सम्भावित कुनै पनि अप्रिय घटनासगै वन्यजन्तुलाई असर परे नपरेको अवलोकन गर्न क्यामरा जडान गरेको हौं । विक्रमबाबा मेलामा गणले ३ ठाउंमा क्यामरा जडान गरेको छ ।
यसरी आयो अवधारण
चितवन राष्ट्रिय निकुञ्ज देशकै पहिलो राष्ट्रिय निकुञ्ज हो । एक सिङ्गे गैडा र पाटे बाघका लागि प्रख्यात रहेको यो निकुञ्ज २०३० सालमा स्थापना भएको हो । २०४० सालमा विश्व सम्पदा सूचीमा सूचिकृत भएको थियो । भने सुरुमा गैडागस्तीले जिम्मा लिएको निकुञ्जको सुरक्षा २०३२ साल देखि नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको ईतिहास छ । मुलुकमा चलेको १० बर्षे शसस्त्र द्धन्द्धको समयमा वन्यजुन्त संरक्षणमा निकै चुनौती खेपेको सेनाले २०६७ सालपछि प्रकुति संरक्षणलाई मुख्य प्रथामिकतामा राखि विभिन्न अवधारण अपनाएपछि चोरी शिकार बर्ष मनाउन सफल भएको थियो । तत्कालिन नन्दाबक्स गणका गणपति रामचन्द्र केसी रहदा सन् २०११ म पहिलो पटक शुन्य चोरी शिकारी बर्ष मनाउन सफल भएको थियो । भने त्यसै लगतै २०१३ मा तत्कालिन गणपति चक्र शाह रहदा समेत शुन्य चोरी शिकार बर्ष मनाईएको थियो । र २०७० चैत मा श्री जंग गण निकुञ्जमा आएपछि तत्कालिन समयका गणपति संजय देउजाको पहलमा वन वन्यजन्तुका लागि आधुनिक सूचना प्रविधि अपनाईएको थियो । गणपति देउजाकै पालामा सुरक्षा तालिम प्राप्त कुकुर, ड्रोन, महिला नेपाली सेना प्रयोग, र्माट पोट्रोलिङ्ग र रियल टाईम मोनिटरिङ्ग प्रविधिबाट सुरक्षा गर्दै आएकोमा हाल सिसि क्यामरा जडान भएपछि हालसम्मकै सबैभन्दा धेरै ७ सय १४ दिन बढी शुन्य चोरी शिकार दिन मनाईएको छ ।
निकुञ्जमा सुरक्षाका लागि सेनाले थालेको अभियानलाई थप प्रभावकारी र गतिशिल बनाउन सिसि क्यामराको अवधारण नेपाली सेनाको सूचना प्रविधिको प्रयोग मार्फत संरक्षण कार्य अझै मजबुद बनाउने लक्ष्य अनुसार क्यामरा जडान भएको गणपति माधव थापा बताउछन् ।