हरेक नयां बर्षमा रेवान सौराहाले वृहत सास्कृतिक कार्यक्रम गर्ने, यस्तो रह्यो सौराहामा नयां बर्ष (तस्वीर सहित)

राजेन्द्र आचार्य
चितवन, ०२ बैशाख । पर्यटकीय नगरी सौराहामा बिभिन्न कार्यक्रमसहित नया वर्षको स्वागत गरिएको छ । नया वर्षको स्वागतका लागि रिभरसाईडमा ठूलो भीड लागेको थियो । गएको वर्षभरी भूकम्प र नाकाबन्दीले उकुसमुकुस भएका नेपालीले सुखद भविश्यको कामनासहित नया वर्षको स्वागत गरेका थिए ।20160412_211715

सौराहामा पहिलो पटक पर्यटन सम्बद्ध एक संस्थाले वृहत सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
भुकम्प र नाकावन्दीको मारले आक्रान्त बनेको सौराहामा रेष्टुरेण्ट व्यवसायीहरुको साझा संस्था रेवान सौराहाले वृहत सास्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा १० सम्म विभिन्न नाच र गीतमा पर्यटकहरु झुमेका थिए । भने सौराहाको भिआईपी होटलका रुपमा परिचत होटल सेभेन स्टारमा चितवन फेसन नाइट आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न फेसनहरु हेरेर पर्यटकहरु रमाए ।
त्यसो त यस बर्ष देखि रेवान सौराहाले अबदेखि निरन्तर रुपमा नेपाली नयां बर्षमा विविद कार्यक्रम गर्ने रेवान सौराहाका अध्यक्ष लालबहादुर भटट्ले जानकारी दिए । नयाँबर्षको पूर्वसन्ध्यामा आन्तरिक तथा बाह्य पर्यटकको व्यापक चहलपहल देखिएको थियो ।20160412_211729 20160412_212720 20160412_212252 20160412_212238 20160412_215610

कार्यक्रम निकै सफल भएको भन्दै रेवानका अध्यक्ष लालबहादुरले अबदेखि हरेक बर्ष नयां बर्षमा रेवानले कार्यक्रम गर्ने घोषण गरे ।
होटल, रेष्टुरेन्ट, डान्स तथा दोहोरी साँझ नया वर्षको स्वागत गर्नेहरुले भरिएका थिए । कतिपय होटलहरुले सांगीतिक कार्यक्रम समेत आयोजना गरेका थिए ।

Leave a Reply

Your email address will not be published.