२४ महिनामा ७ नगर प्रमुख ?

दयारामा आचार्य
नवलपरासी, ०२ बैशाख । कावासोती नगरपालिका घोषणा भएको यहि २०७३ बैशाख २५ गते २ बर्ष पुग्दै छ । तर ,नगरपालिका स्थापना भएको छोटो अवधिमा नगरपालिकामा ६ जना नगर प्रमुख परीवर्तन भएका छन । सरदरमा हेर्ने हो भने एक जना नगर प्रमुखले जम्मा ४ महिनाको दरले नगरपालिकामा प्रमुख को हैसीएतले काम गरेको देखिन्छ ।feef749f-0c25-47af-b451-eb6f979fb538
छोटो समयमा नगर प्रमुख परीवर्तन हुदा नगरपालिकाका योजना र बिकाशको कार्य सहि ढ¨बाट अगाडि बढन नसकेको नेपालि कांग्रेस कावासोती नगर सभापति मुकुन्द भट्टराईले बताउनुहुन्छ ।
यस्तै नया नया नगर प्रमुख परीवर्तन हुदा नितीगत कुरा के भई रहेको छ तथा कुन कार्य कसरी अगाडि बढेको छ भन्ने बिषयमा बुझ्ननै समय लाग्ने हुदा नगरपालिकाका कार्ययोजना प्रभावित हुने गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख महेन्द्र बस्ताकोटीले बताउनु भयो ।
कावासोती नगरपालिका घोषणा भएको २०७१ बैशाख २५ गते देखि यता ६ पटक नगर प्रमुख परीवर्तन भएका छन । नगरपालिका स्थापना भएको पहिलो नगर प्रमुखको रुपमा मान बहादुर खड्का केहि समय ०७१ बैशाख २५ गते देखि केहि समय कार्यभार सम्हाल्नु भयो ।
त्यस लगतै दोश्रो नगर प्रमुखका रुपमा २०७१ असार ९ गते देखि असोज १३ गते सम्म बद्रिकृष्ण शंखदेवले झण्डै तिन महिना कार्यभार सम्हाल्नु भयो ।
यस्तै २०७१ असोज २२ गते देखि पुस ७ गते सम्म करीब तिन महिना हेमराज भुसाल नगर प्रमुखको रुपमा रहनु भयो भने, पुस २४ देखि चैत्र २० गते सम्म भिम प्रसाद पौडेलले तिन महिना कार्य गर्नु भयो ।
नगरपालिकाको पाचौं नगर प्रमुखका रुपमा चैत्र २२ गते देखि २०७२ असोज १२ गते सम्म झण्डै ६ महिना कृष्ण प्रसाद पन्थी नगर प्रमुखको रुपमा रहनु भयो भने २०७२ असोज १३ गते देखि चैत्र २९ गते सम्म छैठौं नगर प्रमुखका रुपमा पुनह मान बहादुर खड्काले नगर प्रमुखको जिम्मेवारीमा कार्य गर्नु भयो । अहिले दुई बर्षकै अवधि पुग्न केहि दिन बाकि छदा ७ औं नगर प्रमुखको रुपमा हरीलाल पुरी आउनु भएको छ ।
यसरी नगरपालिका निमार्ण भएको २४ महिना भित्र नगरपालकाले ७ औं नगर प्रमुखलाई स्वागत गरेको छ । भने यस अघि नगर प्रमुखको रुपमा कार्यगर्नु भएका मान बहादुर खड्का लाई बिदाई गरीएको छ । खड्का बढुवा भई सामान्य प्रशान मन्त्रालयमा सरुवा हुनु भएको हो भने पुरी संघिय मामिला तथा स्थानिय बिकाश मन्त्रालयबाट आउनु भएको हो ।
नगर प्रमुखले लामो समय कार्य नगर्दा नया नगरपालिकाले आफुलाई नगरपालिको हैसीयतमा उठाउननै समस्या भएको बाल तथा युवा सरोकार मंचका अध्यक्ष किरण भुर्तेलले बताउनु भयो ।
नगर प्रमुख छिटो छिटो परीवर्तन हुदा नगरवासीले पाउने सेवा सुविधा र नगरपालिकाले सो बिषयमा मन्त्रालय सम्म पुर्याउनु पर्ने योजनका फाईल सम्म पुर्याउन गाह्रो भएको बताउन नेकपा मालेका लोक प्रसाद काफ्ले बताउनु भयो ।
किन टिक्दैनन कावासोतीमा नगर प्रमुख ?
बिषेश गरेर कावासोती नगरपालिकामा आएका नगर प्रमुखहरु काजमा आउने गरेको र बढुवा पछि अन्यत्र जाने गरेकाले यो समस्या आएको सरोकार वालाको भनाई रहेको छ ।
अहिले देश संक्रमण कालमा रहेको अवस्था प्रशासनिक सम्यन्त्र पनि थायित्व पनि नरहेका कारण नगर प्रमुख बढि सरुवा हुने गरेको नेपालि कांग्रेस कावासोती नगर सभापति मुकुन्द भट्टराईले बताउनु भयो ।
अहिले सम्मका नगर प्रमुख परीवर्तन हुनेहरुमा प्राय काजमा आउने गरेको कारण संगै बढुवा हुदै अन्यत्र गएको देखिएको छ भने श्रोतका अनुसार तेश्रो नगर प्रमुखका रुपमा आउनु भएका हेमराज भुसाल भने बिभिन्न राजनितिक दवाबका कारण सरुवा भएर गएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.