सौराहा जेसिसको शुभकामना आदानप्रदान कार्यक्रम

चितवन, ०१ चैत । पर्यटकीय नगरी सौराहामा रहेको सौराहा जेसिसले नव बर्ष २०७३ सालको शुभकामना आदानप्रदान कार्यक्रम र क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।jjj
नव बर्षको अवसरको अवसरमा आफ्ना जेसिस सदस्यहरु विच शुभकामना साटासाट गर्दै सो कार्यक्रम आयोजना गरेको सौराहा जेसिसका अध्यक्ष रामशरण सिल्लवालले जानकारी दिए ।
सौराहा जेसिसका उपाध्यक्ष जितबहादुर तामाड्डको संयोजकत्वमा शुभकामना आदानप्रदान र कार्यकारी उपाध्यक्ष प्रकाशचन्द्र भटराईको संयोजकत्वमा क्यालेण्डर विमोचन गरिएको थियो ।
नव बर्ष २०७३ को क्यालेण्डर एक समारोहका सौराहा जेसिका संस्थापक अध्यक्ष शरद श्रेष्ठले विमोचन गरेका थिए । भने कार्यक्रममा सिनेटर गोविन्द अधिकारी, निर्वतमान अध्यक्ष कृष्णलाल श्रेष्ठ,महासचिव शिवप्रसाद भुषाल लगायतले सबै सदस्यहरुले ३ मिनेटका दरले आफ्नो शुभकामना राखेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष रामशरण सिल्लावालको अध्यक्षतामा सम्पन्न भएको थियो ।jjjjjjjjjj

Leave a Reply

Your email address will not be published.