सगरमाथा बाल क्लबले बालमैत्री वेभसाईट संचालन गर्दै

दयाराम आचार्य
नवलपरासी, १ बैशाख । नेपालकै पहिलो बाल मैत्री नगरपालिका घोषणा भएको नवलपरासी जिल्लामा बाल मैत्री अवधारण अन्य नगरपालिका र गाविसले लागु गर्दै बाल मैत्री बनाउने क्रममा लागि रहेका छन ।teacher

यस हिसाबमा सम्पुर्ण जिल्ला लाई नै बाल मैत्री बनाउन जिल्ला बासी लागिरहेको अवस्थामा बाल मैत्री जिल्ला कायाम गराउन प्रविधिको पनि महत्व हुने भएको भन्दै प्रसौनी नमुना गाविस ५ मा रहेको सगरमाथा बाल क्लबले बालमैत्रि वेभसाईट संचाल गर्न लागेको छ ।
बिश्व परीवेश प्रविधियुक्त भई सकेको अवस्थामा प्रविधि संगै नगए बालमैत्रीको पुर्ण कार्यान्व्यन सम्भव नहुने भन्दै आफुहरुले बालमैत्रि वेभसाईट संचालन गर्न लागेको क्लबका अध्यक्ष खिमानन्द देवकोटाले बताउनु भयो ।
अहिले धेरै मानिस प्रविधिको पहुचमा रहेका कारण वेभ साईट मार्फत बालमैत्रि जिल्ला अझ समग्र देशलाई नै बालमैत्री बनाउन के कस्ता कुराहरु गर्न आवश्यक पर्दछन ,त्यसको बारेमा जानकारी हरु प्रदान गरीने अध्यक्ष देवकोटाले बताउनु भयो ।
वेभसाईटमा बालमैत्रि हुन आवश्यक पर्ने सुचक,बालवालिका सम्बन्धि भए गरेका निति नियम,कानुन,लगाएतका सामाग्रि राखिने समेत उहाले बताउनु भयो ।
वेभसाईट क्लबको असार १ गते पर्ने बार्षिकउत्वको दिन उद्धघाटन गरीने जनाईएको छ ।
क्लबले बालमैत्री वेबसाईट सञ्चालन गर्ने कार्यमा अधिकारकर्मी, पत्रकार,समाजसेवी, राजनैतिक दल, व्यापारी, उद्योगि,नागरिक समाज लगायत सम्पुर्णको साथ र सहयोग आवश्यक पर्ने भन्दै सबैलाई सहयोगको लागि समेत आग्रह गरेको छ ।