पटीहानीमा एक सिंगे गैंडाको प्रतिमा अनावरण

चितवन, ०१ बैशाख । २१ औ विश्व वन्यजन्तु सप्ताह एवं नव वर्ष २०७३ सालको अवसर पारेर वातावरण संरक्षण तथा पर्यटन विकास समिति पटिहानीले एक सिंगे गैंडाको प्रतिमा अनावरण गरेको छ । गैंडाको प्रतिमा व्यवस्थापीका संसदकी सदस्य अन्जनि श्रेष्ठले एक समारोहका विच अनावरण गर्नु भएको होे ।
स्थानिय समाजसेवि तथा आमा समुहको सकृयतामा निर्मित प्रतिमाको उद्घाटन गर्दै उहाँले दुर्लभ वन्यजन्तुको संरक्षणका लागि स्थानीयले खेलेको भूमिकाको प्रशंसा गर्नु भयो । वन र वातावरण संरषण गर्नका लागि तल्लो तहका व्यक्तिहरुको पनि ठूलो हात रहने भएकाले अझै जुजारु भएर लाग्न समेत सवैलाई आग्रह गर्नु भयो ।
सो कार्यक्रममा प्रतिमा निर्माता केशव आचार्य, खेम भट्ट, संरक्षण कर्मि रामपृत यादव, नेपाली काँग्रेसका नेता मिलन वावु श्रेष्ठ लगाएतले बोल्नु भएको थियो । सोही अवसरमा खेल मार्फत पर्यटन प्रर्वद्धन गर्ने रामहरि सेढाई सम्मानित भएका थिए । कार्यक्रम समितिका अध्यक्ष अपिल घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।