गैंडाकोटस्थित नारायणी नदी किनारमा धार्मिक महामहोत्सव सुरु

चितवन, वैशाख १ । नवलपरासीको गैंडाकोटस्थित नारायणी नदी किनारमा आज बुधबारदेखि “शुभारम्भ वर्ष २०७३ एवम् हिन्दु धर्म संरक्षण महामहोत्सव” सुरु भएको छ ।20160412_165239

विश्ज जागरण महाअभियान ट्रष्ट र एभिन्यूज टेलिभिजनको संयोजन एवम् उद्योग वाणिज्य संघ गैडाकोट र नगरपालिकाको अगुवाईमा नयाँ वर्षको अवसरमा नारायणी नदी किनार गैडाकोट महोत्सव स्थलमा महोत्सव सुरु भएको हो ।
नयाँ वर्षको पहिलो दिनदेखि १५ दिनसम्म चल्ने हिन्दु धर्म संरक्षण महामहोत्सवलाई विशेष बनाउन उद्घाटन समारोहमा चितवन नवलपरासीका विशिष्ठ व्यक्ति,विभिन्न जातजाति र स्थानीयहरुको वृहद सहभागिता रहेको विश्व जागरण महाअभियान ट्रष्टका प्रमुख इश्वरकृष्ण महाराजले जानकारी दिनुभयो । आज विभिन्न जातजातिका सास्कृतिक झाकी र उनीहरुको मौलिक सस्कृति झल्कने सास्कृतिक प्रस्तुतीलाइ उद्घाटन समारोहमा प्रस्तुत गरिएको थियो । महामहोत्सव सम्पादन गर्नका लागि उद्योग वाणिज्य संघ गैडाकोटको नेतृत्वमा यज्ञ सम्पादन मूल समारोह समिति गठन गरिएको छ जसको संयोजकमा उद्योग वाणिज्य संघ गैडाकोटका अध्यक्ष अमृत भट्टचन हनु भएको छ ।वैशाख १ गते विहान नारायणगढ र गैडाकोटका विभिन्न भागवाट हात्ती,पन्चैवाजा सहित विशाल शोभा र्याली निकालिएको थियो ।
महामहोत्सव अवधिभर १ करोड वढी शिवलिड्ड पूजन एवम घरघरमा मन्दिर वनाउने अभियान संचालन हुनेछ । गत वैशाखमा आएको भूकम्पमा परी अनाथ भएका बालबालिकाको शिक्षादिक्षाको लागि पवित्र तिर्थस्थल देवघाटधाममा गुरुकुलम् निमार्णका लागि यो महामहोत्सव गर्नुपरेको विश्व जागरण महाअभियान ट्रष्टका प्रमुख एवम् वालव्यास विभूषित विश्वविख्यात इश्वरकृष्ण महाराजले जानकारी दिनुभयो ।

Promise Education Consultancy